3 years ago
November 6, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार लन्डनका दुई क्लब चेल्सी र आर्सनल आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा हुनेछ ।

यी दुई टोलीबीच प्रिमियर लिगको पछिल्लो ४ खेलमा चेल्सीले १ खेल जित्दा आर्सनल ३ खेलमा विजयी भएको छ । पछिल्लो पटक अप्रिलमा आर्सनलले चेल्सीको मैदानमा ४-२ को जित दर्ता गरेको थियो । त्यसपछि प्रि सिजनमा पनि यी दुईको भिडन्तमा आर्सनल ४-० ले विजयी भएको थियो ।
आर्सनलले लिगको पछिल्लो ३ मध्य २ खेलमा जित र १ बराबरी निकालेको छ । यता चेल्सी भने पछिल्लो तीन खेलमा जित निकाल्न सकेको छैन । अंक तालिकामा आर्सनल ३१ अंकसहित दोस्रो स्थानमा छ । यस खेलमा जित हासिल गरे ३२ अंक जोडेको सिटीलाई आर्सनलले उछिन्नेछ । चेल्सी भने २१ अंकसहित सातौँ स्थानमा छ । यस खेलमा जित हासिल गरे टोली पाँचौ स्थानमा पुग्नेछ ।
चेल्सीका लागि गोलरक्षक केपा अरिजाबलागा चोटका कारण उपलब्ध छैनन् । डिफेन्डरद्वय रिस जेम्स र बेन चिल्वेल दुवै घाइते छन् । फ्रान्सका मिडफिल्डर एनगोलो कान्टे र डिफेन्डर वेस्ली फोफाना पनि चोटकै कारण टिममा छैनन् । माटियो कोभाचिच र डेनिस जाकारिया सुरुवात गर्ने सम्भावना कम छ । आर्सनलका पूर्व कप्तान पिएर एमेरिक औबामेयाङले आज सुरुवात गर्ने सम्भावना छ ।
आर्सनलका लागि डिफेन्डर ताकेहिरो तोमियासुले खेल्ने सम्भावना न्यून छ । उनको स्थानमा लयमा रहेका काइरान टिएर्नीले निरन्तरता पाउनेछन् । एमिल स्मिथ रो र म्याट टर्नर चोटका कारण बाहिर छन् । बुकायो साकाले चोटबाट पुनरागमन गर्दै सुरुवात गर्ने सम्भावना छ ।
चेल्सीले घरेलु मैदानमा पछिल्लो ९ खेलमा हार बेहोरेको छैन । यता आर्सनल पनि १२ मध्य १० खेलमा जित हासिल गर्दै बलियो सुरुवात गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]