default_image

3 years ago

November 7, 2022

युरोपा लिगको प्लेअफमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

337 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको नकआउट चरणको प्लेअफ ड्रमा क्याटलान क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् ।

स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा भएको ड्र मा बार्सिलोनाले युनाइटेडलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । प्लेअफ चरणको विजेताले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउनेछ । युरोपा लिगको समूह उपविजेता र च्याम्पियन्स लिग समूहको तेस्रो स्थानका टोलीबीच प्लेअफ चरण हुँदैछ ।

युरोपा लिगको प्लेअफ चरण खेलहरु :

एफसी बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड

युभेन्टस विरुद्ध एफसी नान्टस

स्पोर्टिङ लिस्बन विरुद्ध एफसी मिट्जील्यान्ड

शाख्तार डोनेस्क विरुद्ध स्टाड रेनेस

आयाक्स विरुद्ध युनियन बर्लिन

बायर लेभरकुसन विरुद्ध एएस मोनाको

सेभिया विरुद्ध पिएसभी

एफसी साल्जबार्ग विरुद्ध एएस रोमा

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.