default_image

2 years ago

November 8, 2022

रियल म्याड्रिडको पहिलो हार

196 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । रियल घरेलु टोली रायो भालेकानोसँग ३–२ ले स्तब्ध हुँदै ला लिगामा सिजनको पहिलो हार बेहोर्न पुगेको हो ।

सुरुवातमा पछि परेपनि एक समय २–१ अग्रता लिएको रियलले त्यसलाई जोगाउन नसक्दा रियल पराजित हुन पुग्यो । मड्रिडमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा सान्टी कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरे । रियलका लुका मोड्रिच र इडर मिलिसाओले गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा सान्टी कमसानाले फ्रान्सिस्को गार्सियाको पासमा गोल गर्दा रियल खेलमा पछि प¥यो । ३७औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४१औं मिनेटमा इडर मिलिसाओले मार्काे एसेन्सियोको पासमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ४४औं मिनेटमा अल्भारो गार्सियाले पालाजोनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा रायो भालेकानोका प्रशिक्षक एन्डोनी रातो कार्ड खाँदै टचलाईन छाड्न बाध्य भए ।

त्यसपछि ६६औं मिनेटमा रायोले पेनाल्टी पाएपनि ओस्कार ट्रेजोले पेनाल्टी प्रहा गर्नुअघि नै गोलरक्षक कोर्टुवाले लाइन क्रस गर्दै गरेपछि रि पेनाल्टीमा गोल गर्दै रायोलाई ३–२ ले अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल स्तब्ध बन्न पुग्यो ।

यस सिजनमा रियलको यो दोस्रो हार हो । यसअघि रियलले च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएको थियो । रियलले यो सिजन २० आधिकारिक खेल खेल्दा १५ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस पहिलो हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा दोस्रो स्थानमा यथावत रहेको छ । रियलको १३ खेलबाट ३२ अंक छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३४ अंक छ । रियललाई हराएको रायो भालेकानो २१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

April 21, 2025

महिला फुटबल टोलीको प्रशिक्षकको आवेदन खुल्ला

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]

April 21, 2025

श्री कुमारी छैटौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]

April 21, 2025

रियलको जितमा उपाधि दौड रोचक

एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]

Success

Thank you for your time.