3 years ago
November 9, 2022
एजेन्सी – विंगर सर्ज जिनाब्रीले ह्याट्रिक प्रहार गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा बायर्नले वेडर ब्रेमेनलाई ६–१ ले पराजित गरेको हो ।

बायर्नको सानदार जितमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दा जमल मुसिएला, लियोन गोरेट्जका र म्याथिज टेलले समान एक गोल गरे । ब्रेमेनका एन्थोनी जङले एक गोल फर्काए ।
एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा जमल मुसिएलाको गोलबाट बायर्नले सुरुवाती अग्रत लिन सफल भयो । १०औं मिनेटमा एन्थोनी जङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
१८औं मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङ पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । २६औं मिनेटमा लियोन गोरेट्जकाले योसुवा किम्मिखको पासमा गोल गर्दै बायर्नलाई ३–१ ले अघि बढाए ।
२८औं मिनेटमा जिनाब्रीले लिरोए सानेको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो ।
८२औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गरेपछि बायर्न खेलमा ५–१ ले अघि बढ्यो । ८४औं मिनेटमा म्याथिज टेलले गोल गर्दै बायर्नलाई ६–१ को फराकिलो जित दिलाए ।
यस फराकिलो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १४ खेलबाट ३१ अंक पुगेको छ । बायर्नले शीर्षस्थानमा एक खेल कम खेलेको फ्रेइवर्गलाई ४ अंकले पछि पारेको छ । पराजित ब्रेमेन २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्ड वल्फ्सवर्गसँग २–० ले पराजित भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]