default_image

1 year ago

November 10, 2022

फ्रान्सको विश्वकप टोली घोषणा

एजेन्सी – चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक […]

219 views

0 Bookmark

एजेन्सी – चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक डेस्च्याम्प्सले २६ खेलाडी बोलाउन पाउने भएपनि आफ्नो टोलीमा २५ खेलाडीको नाम मात्र सार्वजनिक गरेका छन् ।

मिडफिल्डरद्वय पप्ल पोग्बा र एनगोलो कान्टे चोटका कारण टोलीमा छैनन् । फरवार्ड एन्थोनी मार्सियल पनि अन्तिम टोलीमा अटाउन सकेनन् । डिफेन्डर विलियम सालिबा र इब्राहिमा कोनाटे भने अन्तिम टोलीमा अटेका छन् ।

फ्रान्सको अन्तिम टोली :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो । क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा […]

Success

Thank you for your time.