3 years ago
November 10, 2022
पोखरा (हाम्रो खेलकुद)– पोखराको चर्चित गोल्ड कप आहा रारा गोल्ड कप यो पटक विगत भन्दा छिट्टै हुने भएको छ । आहा रारा गोल्ड कपको २२ औं संस्करण पुस १२ देखि २३ गते सम्म पोखरा रंगशालामा हुने आयोजक सहारा क्लब पोखराले बिहीबार जानकारी गराएको छ ।

यसअघि अधिकांश प्रतियोगिता माघ फागुनमा हुने गरेको थियो । यसपटक सहिद स्मारक ए डिभिजन लिग अघि नै आहा रारा गोल्ड कप सकिने भएको छ । लिग पुस २६ गतेबाट सुरु गर्ने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुमतिमा मिति तय भएको सहाराले जनाएको छ ।
आहा रारा गोल्डकपमा विगतमा जस्तै विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको सहभागिता रहनेछ । गत वर्षको एपिएफ फुटबल क्लबले आहा रारा गोल्डकप जितेको थियो । आहाको सफल टोली मनाङ मस्र्याङ्दीलाई हराउँदै एपिएफले पहिलो पटक उपाधि जितेको थियो ।

पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । अफिसियल बैंक लुम्बिनी विकास बैंक, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद् , प्रदेश खेलकुद विकास परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहने प्रतियोगितालाई पोखरा महानगरपालिकाको संयोजन रहेको छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहाराले राजनैतिक दल, भातृ संगठन, संघ संस्था, व्यवसायी एवं खेलकुद प्रेमी दर्शकमहानुभावहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा र सदभावको आशा राखेको उल्लेख गर्दै प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको नगर्न अनुरोध गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]