3 years ago
November 10, 2022
एजेन्सी – घाइते फरवार्ड साडियो मानेलाई समेट्दै सेनेगलले फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ ।

बायर्न म्युनिखका लागि खेल्दा मानेले चोट बोकेका थिए । उनको चोटको प्रारम्भिक रिपोर्टलाई आधार मान्दै उनलाई टोलीमा समेटिएको बुझिएको छ । यसपटक विश्वकपको टोलीमा २६ खेलाडी समावेश गर्न पाइने हुनाले पनि मानेलाई टोलीमा राखिएको हो ।
सेनेगलको अन्तिम टोली :
गोलरक्षक : एडुआर्ड मेन्डी, अल्फ्रेड गोमिस, सेनी डियाङ
डिफेन्डर : बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, अब्दुलाए सेक, फोडे बालो टुरे, चेखु कोउयाटे
मिडफिल्डर : पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी
फरवार्ड : साडियो माने, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ, मामे बाबे थिआम
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]