3 years ago
November 11, 2022
एजेन्सी – दुई पटकको च्याम्पियन उरुग्वेले फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

अनुभवी फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीसँगै युवा खेलाडी डार्विन न्युनेजले टोलीको आक्रमण बलियो देखिएको छ । मिडफिल्डमा रोड्रीगो बेन्टानकुर र फेडे भालभेर्डे छन् भने चोटबाट पुनरागमन गर्न संघर्षरत डिफेन्डर रोनाल्ड अरौजो पनि टोलीमा फर्केका छन् ।
प्रशिक्षक डिएगो अलोन्सोको आगमनयता उरुग्वेले लय समातेको छ । डिसेम्बरयता टोलीले छनोटमा लगातार ४ जित दर्ता गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । सन् २०१० मा सेमिफाइनलमा पुगेको उरुग्वे यसपटक त्यसलाई सुधार्ने लक्ष्यमा हुनेछ ।
उरुग्वेको अन्तिम टोली :
गोलरक्षक : सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, सबास्टियन सोसा
डिफेन्डर : डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना
मिडफिल्डर : फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, माटीआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो
फरवार्ड : लुइस सुआरेज, एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]