3 years ago
November 11, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारका लागि पूर्व विजेता स्पेनले २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । स्पेनका प्रशिक्षक लुइस एनरिकेले केहि अनुभवी खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।

यसअघि नै टोलीमा नरहने पक्का भएका गोलरक्षक डेविड डे हेयासँगै एनरिकेले डिफेन्डर सर्जियो रामोस र मिडफिल्डर थियागो अलाकान्टरालाई पनि बाहिर राखेका छन् । चेल्सीका गोलरक्षक केपा आरिजाबालागा टोलीमा नपर्दा ब्राइटनका रोबर्ट सान्चेज र ब्रेन्टफर्डका डेविड रायाले स्थान बनाएका छन् । मुख्य गोलरक्षकको भूमिका एथ्लेटिक बिल्बाओका उनाइ सिमोन नै रहनेछन् ।
फरवार्ड अन्सु फातीले एनरिकेको टोलीमा स्थान बनाउँदा उनका क्लब सहकर्मी फेरान टोरेस पनि टोलीमा समेटिएका छन् । युवा विंगर निको विलियम्स र फरवार्ड अल्भारो मोराटा पनि टोलीमा रहेका छन् ।
स्पेन विश्वकपको समूह ई मा रहेको छ । स्पेनसँगै चार पटकको विजेता जर्मनी, कोस्टारिका र जापान पनि यस समूहमा छन् । स्पेनले पहिलो खेल २३ नोभेम्बरमा कोस्टारिकासँग खेल्नेछ ।
स्पेनको अन्तिम टोली :
गोलरक्षक : उनाइ सिमोन, रोबर्ट सान्चेज, डेविड राया
डिफेन्डर : सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, जोसे गया
मिडफिल्डर : सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके
फरवार्ड : फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो, अन्सु फाती
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]