3 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीकी गोलरक्षक सुजाता तामाङ महिला साफ यू१५ च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिएकी छिन् । शुक्रबार नेपाललाई अपराजित रहेर च्याम्पियन बनाउन सुजाताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

राउन्ड रोविन लिगको अन्तिम खेलको अन्तिम समयमा घरेलु टोली बंगलादेशले पाएको पेनाल्टीलाई सुजाताले रोक्दै नेपाललाई हारबाट जोगाउँदै च्याम्पियन बनाउन सफल भएकी थिइन् । उनले यस महिला साफ च्याम्पियनसिपमा सबै चार खेलमा पहिलो रोजाईमा खेल्दा सुरुवाती तीन खेलमा क्लिन सिट राखिन् । फाइनल सरहको अन्तिम खेलमा उनले टोलीको कप्तानी सम्हालेकी थिइन् ।
बंगलादेशकी सौरभी एकान्ड प्रिती च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता भइन् । उनले च्याम्पियनसिपमा कुल ९ गोल गरेकी थिइन् । फेयर प्लेको ट्रफी उपविजेता बंगलादेशले हात पारेको छ ।
ढाकास्थित बीएसएसएसएमके स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बन्न सफल भएको थियो । नेपालका लागि सुशिला केसीले गोल गर्दा बंगलादेशकी कप्तान रुमा अख्तेरले बराबरी गोल फर्काएकी थिइन् । अन्तिम समयमा जोएनब बिबी रिताको पेनाल्टीलाई कप्तानको जिम्मेवारी निर्वाह गरेकी सुजताले बचाइन् ।

श्रीमोती तृष्णा रानीको क्रसलाई पेनाल्टी बक्समा विपना स्नेहीले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले बंगलदेशलाई पेनाल्टी प्रदान गरेको थियो । तर, जोएनवको पेनाल्टीलाई सुजाताले सहजै बचाइन् ।
सहभागी ३ टोलीमा नेपालले ४ खेलबाट १० अंक जोड्यो । नेपालले भुटानलाई पहिलो खेलमा ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो । बंगवादेशले ७ अंक जोड्यो । भुटान गोल र अंकविहीन रह्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]