3 years ago
November 12, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

सन् २०१० मा नै विश्वकप आयोजनाको अधिकार लिएको कतारले पहिलोपल्ट विश्वकप खेल्दैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का तत्कालिन अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजनाको अधिकार दिनु गल्ती भएको बताएका छन् ।
कतारले समालिंगी विवाहविरुद्ध कडा कानुन बनाएको पनि कतार विश्वकपको लागि पुर्वाधार निर्माण दौरान धेरै आप्रवासी कामदारको मृत्यु भएको विषयलाई रिपोर्ट नगरेपछि एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले कतारमा भएका मानवअधिकारविरुद्धको अपराधको निन्दा गरेका छन् ।
यि विवादका बावजुत कतार आफ्नो पहिलो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछन् । आयोजक कतार नेदरल्याण्ड्स, सेनेगल र इक्वेडरसँगै समूह ए मा परेका छन् । उनीहरूले नोभेम्बर २० मा इक्वेडरसँग आफ्नो पहिलो विश्वकप खेल्नेछन् ।
कतारको २६ सदस्यीय टोली
गोलरक्षक – साद अलसिब, मेसाल बर्साम र युसेफ हसन
डिफेन्डर – पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल रावी, बोउलेम खाउखी, अब्देल करिम हसन, होमाम
अहमद र जसम गाबेर
मिडफिल्डर – अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम र स्माइल मोहम्मद
फरवार्ड – नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]