default_image

3 years ago

November 15, 2022

चोटको बावजुत सलमान साउदी अरेबियाकाे टाेलीमा

194 views

0 Bookmark

एजेन्सी – एसियाली पावर हाउस साउदी अरेबियाले कतारमा एक सातापछि हुने फिफा विश्वकपको लागि आफ्नो टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक हर्भ रेनार्डले काँधको चोटको बावजुत प्रभावशाली मिडफिल्डर तथा कप्तान सलमान अल फारालाई आफ्नो २६ सदस्यीय टोलीमा समावेश गरेका छन् । कप्तान अल फारालाई आइसल्याण्डसँग १–१ को बराबरीको खेलमा पहिलो हाफमा परिवर्तन गरेको थियो ।

फ्रान्सेली प्रशिक्षक रेनार्डले सलमानको बारेमा हामी डराएको उनको काँधमा केही दुखाई रहेपनि केही दिनमै ठीक हुने भएका कारण टोलीमा समावेश गरिएको बताएका छन् ।

साउदी अरेबियाले अर्जेन्टिना, पोल्याण्ड र मेक्सिको समावेश टोलीमा आफ्नो चुनौती पेश गर्नेछन् । साउदी अरेबियाले २०१८ को विश्वकपमा समूह चरणबाट बाहिरिएपनि एक जित निकालेको थियो ।

साउदी अरेबियाले नोभेम्बर २२ मा लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनासँग खेल्नुअघि क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

साउदी अरबियाको टोली
गोलकिपर –
मोहम्मद अल ओवेस, नवाफ अल अकिदी र मोहम्मद अल यमी
डिफेन्डर – यासेर अल शहरानी, अली अल बुलैही, अब्दुल्लाह अल एम्री, अब्दुल्लाह मादु, हसन तामबक्ति, सुल्तान अल घनाम, मोहम्मद अल ब्रेक र साउद अब्दुलहमिद
मिडफिल्डर – सलमान अल फराज, रियाद शाराहिली, अली अल हसन, मोहम्मद कन्नो, अब्दुलाह अल मल्की, सामी अल नाजेई, अब्दुल्लाह ओताएफ, नासेर अल दसारी, अब्दुलरहमान अल एबौद, सलेम अल दसारी र हत्तन बाहेब्रि
फरवार्ड –फहाद अल मुवाल्लाद, हैथम एसिरी, साले अल शेरी र फिरास अलबुराइकन

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.