3 years ago
November 19, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वभरबाट छनोट चरण खेलेर ३२ राष्ट्रले फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो पटक विश्वकपमा सहभागी कतार सम्मिलित समूह ए विश्वकपमा सबैभन्दा कम प्रतिस्पर्धा हुने समूहको रुपमा लिइएको छ । तर कतारले घरेलु मैदानमा सेनेगल, इक्वेडर र नेदरल्यान्ड्सलाई सहजै नतिजा सुम्पने देखिदैन ।

आयोजक कतारले सन् २०१९ मा एसियाको पावरहाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो । विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ ।
फरवार्ड अल्मोज अली कतारले निकै भर गरेका फरवार्ड हुन् । तर नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमण भन्दा डिफेन्सको परिक्षा हुनेछ । विश्व फुटबलसामु पहिचान बनाउने सुवर्ण अवसर कतारसामु छ ।
नेदरल्यान्ड्स गत संस्करणको विश्वकप गुमाएपछि महाकुम्भमा फर्किएको छ । पछिल्लो सहभागितामा उपविजेता बनेको टोलीमा युरोपका ठूला लिगमा जमेका खेलाडी छन् । गोलरक्षकमा केहि कमजोर देखिएको टोलीको डिफेन्स प्रतियोगिताकै उत्कृष्ट मध्यम पर्दछ ।

विश्वकप अनुभव बोकेका तीन मात्र खेलाडी भएपनि नेदरल्यान्ड्सले यसपटक निकै अपेक्षा गरेको छ । विशेषगरी घरेलु लिगमा तहल्का मच्चाएका युवा खेलाडी कोडी गाक्पोलाई भविष्यको स्टारको रुपमा हेरिएको छ । यसपटक उनका लागि युरोपेली फुटबलमा ट्रान्सफर बजार तताउन विश्वकप निर्णायक कडी बन्न सक्छ । गाक्पोसँगै डेन्जेल डम्फ्रिज, म्याथिस डे लिग्ट, फ्रेंकी डे जोङ, लगायत खेलाडी नेदरल्यान्ड्सको पहिचान फर्काउन प्रयासरत हुनेछन् ।
सेनेगलको विश्वकप तयारी साडियो मानेको चोटले बिथोलेको छ । तर टोलीमा इस्माएला सार, कालिडु कौलिबाली, एडुआर्ड मेन्डी, इड्रीसा गेये लगायत नाम चलेका खेलाडी छन् । सेनेगलले सुरुवाती दुई खेलमा सकारात्मक नतिजा निकाले मानेले जोखिम लिएर खेल्ने भनिएको थियो । तर अन्तिम समयमा टोलीले उनीमाथि जोखिम नलिने भन्दै विश्वकप गुमाउने पक्का गरेको छ ।
इक्वेडर समूह ए मा सबैभन्दा कम आँकिएको टोली हो । दक्षिण अमेरिकी टोलीले छनोटमा राम्रो प्रदर्शन गरेको थियो । उद्घाटन खेलमा सारा विश्वको नजर रहँदा इक्वेडर घरेलु टोलीविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

समूहको खेलहरु :
मंसिर ४ कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
मंसिर ५ सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)
मंसिर ९ कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)
मंसिर ९ नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
मंसिर १३ इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)
मंसिर १३ नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)
सबै देशको अन्तिम टोली :
कतार :
गोलरक्षक – साद अलसिब, मेसाल बर्साम र युसेफ हसन
डिफेन्डर – पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल रावी, बोउलेम खाउखी, अब्देल करिम हसन, होमाम अहमद र जसम गाबेर
मिडफिल्डर – अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम र स्माइल मोहम्मद
फरवार्ड – नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी
इक्वेडर :
गोलरक्षक – मोइसेस रामिरेज, एलेक्सान्डर डोमिनगुएज र हर्नान गालिन्डेज
डिफेन्डर – पिएरो हिनकापी, रोबर्ट अर्बोलेडा, पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, ज्याक्सन पोरोजो, जेभियर एरेगा, डिएगो पालासिओस, फेलिक्स टोरेस र विलियम पाचो
मिडफिल्डर – कार्लोस ग्रुजो, जोस सिफुएन्ट, एलन फ्रान्को, मोइसेस काइसेडो, एन्जल मेना, जेरेमी सार्मिएन्टो, जेग्सन मेन्डेज, एर्टन प्रेसियाडो, गोन्जालो प्लाटा र रोमारियो इवारा
फरवार्ड – जोर्काइफ रेस्को, केभिन रोड्रिग्वेज, माइकल एस्ट्राडा र एनर भ्यालेन्सिया
सेनेगल :
गोलरक्षक : एडुआर्ड मेन्डी, अल्फ्रेड गोमिस, सेनी डियाङ
डिफेन्डर : बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, अब्दुलाए सेक, फोडे बालो टुरे, चेखु कोउयाटे
मिडफिल्डर : पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी
फरवार्ड : साडियो माने, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ, मामे बाबे थिआम
नेदरल्यान्ड्स :
गोलरक्षक : जस्टिन बिज्लो, एन्द्रिज नोपर्ट, रेम्को पस्भिर
डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, भर्जील भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरीएन टिम्बर, स्टेफान डे भ्रिज
मिडफिल्डर : स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर
फरवार्ड : स्टिभन बर्गवाइन, मेफिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग, वुट वेघर्स्ट
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]