default_image

3 years ago

November 19, 2022

प्रिमियर लिगकै भरमा समूह बी पार गर्ने प्रतिस्पर्धा

321 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने देखिएको समूह बीमा प्रिमियर लिग खेल्ने खेलाडीको भरमा तीन टोली छन् ।

इंग्ल्यान्डको टोलीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका मिडफिल्डर जुड बेलिंघमबाहेक सबै खेलाडी प्रिमियर लिगका हुन् । गत संस्करणको युरोपेली च्याम्पियनसिपमा फाइनल र सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको इंग्ल्यान्ड यसपटक उपाधि जित्ने सुरमा छ ।

गत विश्वकपमा गोल्डेन बुट जितेका कप्तान ह्यारी केन आफ्नो करिअरको पहिलो उपाधि जित्न चाहन्छन् । निकै सन्तुलित देखिएको इंग्ल्यान्ड टोलीमा हरेक पोजिसनका लागि प्रतिस्पर्धा छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा इंग्ल्यान्ड समूह विजेता बन्दै अघि बढ्न चाहन्छ ।

इंग्ल्यान्डको यस लक्ष्यमा इंग्लिस प्रिमियर लिगकै खेलाडी बाधक बन्न सक्छन् । वेल्सको टोलीमा रहेका अधिकांश खेलाडी इंग्ल्यान्डको लिग नै खेल्छन् । शीर्ष स्तरको फुटबल खेल्दै आएको यस टोलीमा ग्यारेथ बेलको उपस्थिति अर्थपूर्ण रहनेछ । वेल्सलाई ६४ वर्षपछि विश्वकप फर्काएका बेल आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता यादगार बनाउन चाहन्छन् ।

अमेरिकाका प्रशिक्षक ग्रेग बेरहाल्टरले वेल्सको टोलीलाई प्रिमियर लिग टोलीकै संज्ञा दिइसकेका छन् । उनले वेल्सलाई समूहमा कमजोर आँक्न नहुने बताए । यसो भनिरहँदा अमेरिकाले पनि प्रिमियर लिग खेल्ने खेलाडीमा निकै भर गरेको छ । विंगर क्रिस्टियन पुलिसिचलाई अमेरिकी समर्थकसामु स्तर प्रमाणित गर्दै इतिहास रच्ने अवसर छ ।

इरानका खेलाडीमा पनि युरोपेली फुटबलको अनुभव छ । फरवार्डद्वय सरदार अजमौन र मेहदी तारेमी दुवै विपक्षी डिफेन्सका लागि खतरा बन्न सक्छन् । डिफेन्समा स्तरीय लिग खेलेका खेलाडी नहुँदा विपक्षी आक्रमण हावी हुने सम्भावना छ ।

समूहको खेलहरु :

मंसिर ५ इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे)

मंसिर ५ अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) (मंसिर ६ विहान)

मंसिर ९ वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

मंसिर ९ इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १३ वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)

मंसिर १३ इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

इंग्ल्यान्ड :

गोलरक्षक : जोर्डन पिकफर्ड, निक पोप, आरोन राम्सडेल

डिफेन्डर : ह्यारी मगाएर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, काइल वाल्कर, काइरान ट्रीपिएर, कनर कोडी, बेन व्हाइट, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड

मिडफिल्डर : जुड बेलिंघम, मेसन माउन्ट, कनर ग्यालाघर, डेक्लन राइस, जोर्डन हेन्डरसन, काल्भिन फिलिप्स

फरवार्ड : जेम्स म्याडीसन, फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङ, क्यालम विल्सन, मार्कस रासफर्ड

इरान:

गोलकिपर – अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड

डिफेन्डर – एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली

मिडफिल्डर – भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी

फरवार्ड – करिम अन्सारीफार्द, सर्दार अजमौन र मेहदी तारेमी

अमेरिका :

गोलरक्षक : इथान होर्भाथ, सन जोन्सन, म्याट टर्नर

डिफेन्डर : क्यामरन कार्टर भिकर्स, सर्जिनो डेस्ट, आरोन लङ्ग, शक मुर्, टिम रिम, एन्टोनी रबिन्सन,, जो स्केली, डीआन्द्रे यडलिन, वाल्कर जिम्मरम्यान

मिडफिल्डर : ब्रेन्डन आरोनसन, कलिन अकोस्टा, टाइलर एडम्स, लुका डे ला टोरे, वेस्टन मकेनी, युनुस मुसा, क्रिस्टियन रोल्डान

फरवार्ड : जेसस फरेरा, जोर्डन मोरिस, क्रिस्टियन पुलिसिच, जिओ रेइना, जश सार्जेन्ट, टिम वेह, हाजी राइट

वेल्स :

गोलकिपर – वेन हेनेसी (नोटिङहम फरेस्ट), ड्यानी वार्ड (लेस्टर सिटी), एडम डेभिस (स्टोक सिटी)

डिफेन्डर – नेको विलियम्स (नोटिङहम फरेस्ट), बेन डेभिस (टोटेनहम), बेन काबांगो (स्वान्सी), जो रोडोन (रेनेस), क्रिस मेफाम (बर्नमाउथ), इथान एम्पाडु (स्पेजिया), क्रिस गन्टर (एएफसी विम्बल्डन), कनर रोबर्ट्स (बर्नले), टम लक्कियर (लुटन टाउन)

मिडफिल्डर – आरोन राम्जी (नाइस), जो एलेन (स्वान्सी), ह्यारी विल्सन (फुलहम), जो मोरेल (पोर्ट्समाउथ), डिलन लेभिट (डुन्डे युनाइटेड), रुबेन कोलविल (कार्डिफ), जोनी विलियम्स (स्विन्डन टाउन), म्याथ्यू स्मिथ (मिल्टन केन्स डन्स), सोर्बा थोमस (हडर्सफिल्ड टाउन)

फरवार्ड – ग्यारेथ बेल (लस एन्जलस एफसी), ड्यान जेम्स (फुलहम), किफ मूर (बर्नमाउथ), मार्क ह्यारिस (कार्डिफ), ब्रेनन जोन्सन (नोटिङहम फरेस्ट)

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.