3 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेर साफ यू१५ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको नेपाली युवा महिला राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।

नेपाली टोली शनिबार साँझ हिमालयन एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । च्याम्पियन नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंक लाल घिसिङ र एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष वीर बहादुर खड्का, विराटजंग शाही, दावा लामा, सदस्य रविन्द्र चन्द र रमेश व्यन्जनकारलगायतले विमानस्थलमा गएर नै स्वागत गरे ।
नेपालले शुक्रबार बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो ।
नेपालको लागि सुशिला केसीले गोल गर्दा बंगलादेशकी रुमा अख्तेरले बराबरी गोल फर्काएकी थिइन् । खेलको अन्तिम समयमा बंगलादेशले पेनाल्टी पाएपनि जोएनब बिबी रिताको पेनाल्टीलाई कप्तानको जिम्मेवारी समेत निर्वाह गरेकी सुजताले तामाङले बचाउँदै नेपाललाई सम्भापवत हारबाट जोगाएर च्याम्पियन बनाइन् ।
उनी नै च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिइन् । उनले राउन्ड रोविन लिगको सबै चार खेल खेल्दा तीन खेलमा क्लिनसिट राखिन् । महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो ।
यसअघि नेपाली महिला टोलीले उमेर समूह या सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा उपाधि जित्न सकेको छैन ।
तीन राष्ट्रको मात्रै सहभागिता भएपछि डबल राउन्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले चार खेलबाट १० अंक जोड्यो । बंगलादेशले ७ तथा भुटान गोल र अंकविहीन बन्यो ।
नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले र अर्को खेलमा भुटानलाई १–० ले हराएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]