10 years ago
September 18, 2015
काठमाडौं, असोज १ ।
नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज किर्गिस्तान सँग एसियन कप चनोट चरणको दोस्रो खेल खेल्दै छ । खेल बिस्केकमा बेलुका ७:४५ नेपाली समयमा हुने छ । नेपालले आज जितेमा फाइनल चरणमा पुग्ने सम्भावना प्रबल हुने छ । नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो, नेपालका लागि दुबै गोल रेजिन सुब्बाले गरेका थिए ।

नेपालको आज को खेल को लागि सुरुवती ११ यस्तो छ: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की, अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा
नेपालले समुह चरणको अन्तिम खेल ओमन सँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]