default_image

3 years ago

November 14, 2022

रोनाल्डो भन्छन् – ‘युनाइटेडले धोका दियो, क्लबबाट निकाल्न खोजे’

311 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट आफूले धोका पाएको र क्लबले निकाल्न खोजेको आरोप लगाएका छन् ।

पिएर्स मोर्गनसँग टक टिभीमा दिएको अन्तर्वार्ताको छोटो अंश सार्वजनिक भएकोमा रोनाल्डोले युनाइटेडका पूर्व प्रशिक्षक राल्फ राग्निक, वर्तमान प्रशिक्षक एरिक टेन हाग र क्लबका अन्य पूर्व खेलाडी र नेतृत्वविरुद्ध असन्तुष्टि पोखेका छन् ।

रोनाल्डोले क्लबका प्रशिक्षक र अन्य उच्च पदका अधिकारीले आफूलाई धोका दिएको बताए । ‘हो । मलाई धोका दिएको महसुस भएको छ । प्रशिक्षक मात्र होइन, क्लबका अन्य उच्च पदका पदाधिकारीले पनि । मलाई केहि वास्ता छैन, तर सबैले साँचो कुरा थाहा पाउनुपर्छ,’ रोनाल्डोले भने ।

‘मलाई धोका दिइयो । केहि मान्छे मलाई क्लबमा देख्न चाहदैन थिए । यो वर्ष मात्र होइन, अघिल्लो वर्ष पनि,’ उनले थपे ।

रोनाल्डोले गत साता एस्टन भिल्लाविरुद्ध टोलीको कप्तानी गरेका थिए । तर उक्त खेलमा युनाइटेड ३-१ ले पराजित भएपछि रोनाल्डो टोलीमा अटाएका छैनन् । क्लबले उनी बिरामी भएको जानकारी दिएको थियो ।

गत महिना रोनाल्डो टोटेनहम हट्सपरविरुद्ध खेलमा बेन्चबाट मैदान प्रवेश गर्न नमानेपछि क्लबले चेल्सीविरुद्धको खेलमा उनलाई बाहिर राखेको थियो । रोनाल्डोले आफू प्रशिक्षक टेन हागलाई सम्मान नगर्ने पनि बताए ।

‘मलाई उनीप्रति कुनै सम्मान छैन किनभने उनले पनि मलाई सम्मान देखाएनन् । यदि कसैले मलाई सम्मान गर्दैन भने म कहिल्यै उनलाई सम्मान गर्ने छैन,’ उनले भने ।

रोनाल्डोले सर एलेक्स फर्गुसनले छोडेपछि युनाइटेड अर्कै भएको दावी गरे । ‘समर्थकले सबै थाहा पाउनुपर्छ । म क्लबको उत्कृष्ट हेर्न चाहन्छु त्यसैले फर्किएँ । सर एलेक्सले छाडेपछि क्लबमा केहि परिवर्तन आएन,’ उनले थपे, ‘मलाई म्यानचेस्टर युनाइटेड मनपर्छ । समर्थक मनपर्छ र उनीहरु सधैं मेरो साथमा छन् । तर यदि उनीहरु स्थिति फरक होस् भन्ने चाहन्छन् भने धेरै परिवर्तन आवश्यक छ ।’

रोनाल्दोले पूर्व प्रशिक्षक राल्फ राग्निकको पनि आलोचना गरे । ‘जब तपाइँ प्रशिक्षक पनि हुनुहुन्न भने युनाइटेड कसरि सम्हाल्नुहुन्छ ? मैले उनीबारे कहिल्यै सुनेको थिइनँ,’ उनले भने ।

रोनाल्डो पूर्व सहकर्मी वायन रुनीको व्यवहारप्रति पनि रुष्ट देखिए । ‘मलाई थाहा छैन उनले किन मेरो खेदो खन्छन् । हुनसक्छ उनी सन्न्यास लिइसके र म उच्च स्तरमा खेलिरहेको छु,’ रोनाल्डोले थपे, ‘म उनीभन्दा राम्रो देखिन्छु भनेर भन्दिन । तर यो सत्य हो ।’

रोनाल्डोले मोर्गनलाई दिएको ९० मिनेटको अन्तर्वार्ता मंगलबार र बुधबार प्रसारण हुने तालिका छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.