3 years ago
November 17, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।
अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी संयुक्त अरब इमिरेट्स (युएईं) लाई ५–० को भारी अन्तरले पराजित गरेको हो ।

युएईंको मैदान मोहम्मेद विन जायदमा अर्जेन्टिनाको फराकिलो जितमा एन्जल डि मारियाले दुई तथा जुलियन अल्भारेज, लियोनेल मेस्सी र जोअक्विन कोरेआले समान एक गोल गरे । पहिलो हाफमै ४ गोल थपेको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल नै थप्यो ।
बुधबार राति भएको खेलको जुलियन अल्भारेजको गोलबाट अर्जेन्टिनाले १–० को अग्रता बनायो । २५औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा एन्जल डि मारियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
४४औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा ४–० को आरामदायी अग्रता दिलाए । त्यसपछि ६०औं मिनेटमा परिवर्तित खेलाडी जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ५–० ले अघि बढायो । उ

नी ४६औं मिनेटमा मार्कुस एकुनाको स्थानमा मैदान छिरेका थिए । ८१औं मिनेटमा युएईंले गोल गर्ने सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । यस जितसँगै अर्जेन्टिना ३६औं खेलसम्म अपराजित रहन सफल भएको छ ।
अब विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले २२ नोभेम्वरमा साउदी अरेबियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि अर्जेन्टिनाले २६ नोभेम्वरमा मेक्सिको र ३० नोभेम्वरमा पोल्यान्डसँग खेल्ने तालिका छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]