3 years ago
November 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर अन्जन विष्टले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानको नजिक पुगेका छन् । अन्जनले अब २ गोल गरे भने राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोलको कीर्तिमानसँग बराबरी गर्नेछन् ।

राष्ट्रिय टोलीका पूर्व फरवार्ड हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोलको कीर्तिमान छ । सन् २००८ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै निराजनले हरिको कीर्तिमानसँग बराबर गरेका थिए ।
राष्ट्रिय टोलीमा वर्तमान खेलाडीमा अन्जन सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनीपछि विमल घर्ती मगरको ९ र नवयुग श्रेष्ठ ७ गोल छ । अहिले टोलीमा नरहेका भरत खवासको नाममा ७ गोल छ । अन्जनले पछिल्लो समय लगातार जसो राष्ट्रिय टोलीका लागि गोल गरेका छन् । डेढ महिनाको दुई खेलमा उनले ४ गोल गरे । असोज ११ गते बंगलादेशविरुद्ध ह्याट्रिक गरेका अन्जनले बुधबार पाकिस्तानविरुद्ध १–० को जितमा गोल गरेका थिए ।
पाकिस्तानविरुद्धको खेलमा म्यान अफ दी म्याच समेत बनेका अन्जनले सर्वाधिक गोलमा आफ्नो ध्यान नरहेको दोहोराए । ‘मैले कीर्तिमानको विषयमा सोचेकै छैन । सादय त्यो सोचे भने मेरो गोल गर्ने सिलसिला रोकिन सक्छ,’ उनले भने,‘टोलीको जित मेरो लागि महत्वपूर्ण हो । त्यसमा मैले गोल गरौं वा मेरो साथीले । मुख्य विषय जित हो ।’

गोलका बारेमा बताउनुहोस् न भन्ने अर्को प्रश्नमा अन्जनको जवाफ थियो ‘यो अन्तिम होइन, अझै धेरै गर्न बाँकी छ। जितको श्रेय समर्थक र टोलीलाई दिन्छु। । समर्थकको साथले हामी जित निकाल सफल भएका छौं ।’ गोल गरेपछिको सेलिब्रेसमा उनले दुई वटा प्रश्नको सामना गर्नुपर्यो। त्यसलाई पनि उनले सहजै जवाफ दिए। एउटा सेलिब्रेसमा जर्सी खोलेको विषय र अर्को गोलपछि दुवै कान थुनेको ।
‘जिन्दगी भनेको उतरचढावपूर्ण हो। एक्लै हुँदा कसैले सहयोग गर्न सक्दैन। मेरो कमजोरीलाई नियालेँ, प्रशिक्षण गर्दै गएँ’, उनले भने, ‘अरुले नराम्रो भनेपनि म सुन्दिन भन्ने त्यसको सन्देश हो।’ जर्सी खोल्ने कुनै योजनामा नई स्वतः भएको पनि प्रष्ट पारे ।‘पाकिस्तानसँगको मैत्रीपूर्ण खेल त्यो खेल मात्र होइन हाम्रो भावनासँग पनि जोडिएको थियो,’ राष्ट्रिय टोलीबाट ५१ खेल खेलिसकेका उनले भने,‘प्रशिक्षणमा त बलका लागि प्रतिस्पर्धा हुन्छ । त्यो त देशको कुरा हो । त्यसै कारण स्वतः जर्सी खोले। यस्तो गर्छु भन्ने कुनै योजना थिएन।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]