3 years ago
November 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती युवा क्लब सर्लाहीले ‘सी’ डिभिजन लिग छनोटको उपाधि जितेको छ । गोलबजार एससीलाई १–० ले पराजित गर्दै बागमतीले छनोटको उपाधि जितेको हो ।

सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बिहीबार भएको फाइनलमा बागमतीलाई उपाधि दिलाउन विमल घिसिङले गरेको गोल नै निर्णायक बन्यो । उनले ६१औ मिनेटमा गोल गरेका थिए ।
नकआउट चरण अन्तरगत बागमती समूह २ को तथा गोलबजार समूह १ को विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।नकआउटमा आफ्नो समूहमा पहिलो भएका दुवै टोली ‘सी’ डिभिजन लिगको लागि छनोट भइसकेका छन् । अब यि दुई क्लबले आगामी बैशाख २२ गतेबाट हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ ।
‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहँदा सहभागी टोलीलाई २० समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणपछि शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । नकआउटमा पुगेका २० टोलीलाई पुनः दुई समूहमा विभाजन गरि खेलाइएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]