3 years ago
November 19, 2022
सुबास हुमागाईं, कतार
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप कतार २०२२ को पूर्वसन्ध्यामा कतारले विश्वकप सबैलाई कतारमा स्वागत गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष इन्फान्टिनोले अप्रवासी कामदार, समलिंगी, मादक पदार्थ लगायत विविध विषयमा आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।

अध्यक्ष इन्फान्टिनोको भनाइ यसप्रकार रहयो :
कतारमा सबैलाई स्वागत छ । मैले कतारको उच्च पदस्थ अधिकारीसँग पटक पटक यसबारे छलफल गरेको छु । धर्म, जाति, लिंग सबैलाई स्वागत छ । कतारले पनि यसलाई स्वीकार गरेको छ । कतारले यसो भनेपछि हामीले विश्वास गर्नुपर्छ ।
कतारमा आएका टोलीलाई स्वागत गर्न र प्रशिक्षण स्थलमा यहाँका जनता पुगेका छन् । तर त्यसबारे मिडियाले उनीहरु बाहिरी मान्छे हुन् लेखेका छन् । के यो रंगभेद होइन? के भारतको कसैले इंग्ल्यान्ड, स्पेन, जर्मनी वा कुनै अरु टोलीको समर्थन गर्न पाउदैन ? यसको विरोध गर्नु रंगभेद नै हो ।
फिफा विश्व फुटबलको सर्वोच्च संस्था हो । यसमा २ सय ११ राष्ट्र संलग्न छन् । हामी फुटबलका व्यक्ति हौं, र हामी फुटबलको राम्रो चाहन्छौं । हामी विश्वभर फुटबल फैलाउन चाहन्छौं । संलग्नताले नै सच्चा परिवर्तन ल्याउन सकिन्छ । र हामी यसका लागि सधैं अघि बढ्नेछौं ।
हामीले केहि वर्षअघि उत्तर कोरिया पुगेर महिला विश्वकप आयोजना गर्ने प्रस्ताव गरेका थियौं । दक्षिण कोरियासँग मिलेर । हो हामी सफल भएनौं । तर हामी प्रयास जारी राख्नेछौं । सबैलाई एक स्थानमा ल्याएर परिवर्तन गर्न सक्ने शक्ति फुटबलमा छ ।

म केहि वर्षअघिको घटना सम्झन चाहन्छु । अफगानिस्तानमा तालिबान आएपछि हामीले १ सय ६० जना महिला फुटबलरलाई उद्दार गर्यौं । त्यसबेला मैले युरोप र उत्तर अमेरिकाको राष्ट्रसँग छलफल गरेको थिएँ । धेरै तर्फबाट सकारात्मक जवाफ पनि पाएँ । तर जब कतारको सहयोगमा उद्दार प्रक्रिया पूरा भयो, कसैले पनि साथ दिएनन् । म १ लाख ६० हजार, १६ सय होइन, १ सय ६० जनाको कुरा गरिरहेको छु ।
उद्दार गरिएका सबै १ सय ६० खेलाडीलाई हामीले कतारमा राख्यौं । संयोगवश विश्वकपकै लागि निर्माण गरिएको स्थानमा उनीहरु रहे । तर युरोप र अमेरिकी राष्ट्रले भित्र्याउन नमानेपछि हामी समस्यामा पर्यौं । यो कठिन अवस्थामा साथ दिने अल्बानिया मात्र थियो । उनीहरुले यस्तो समस्या आफूले बुझेको र ती महिलाहरुलाई भविष्य निर्माण गर्ने अवसर दिने बताए । म कतारका विदेश मन्त्री र अल्बानियालाई धन्यवाद दिन चाहन्छु ।
अब म पछिल्लो दिन चर्चामा रहेको रंगशालामा मादक पदार्थ विक्रीबारे बोल्न चाहन्छु । कतारमा मात्र होइन, युरोपकै कतिपय देशमा पनि मादक पदार्थ रंगशालामा बेच्न पाइदैन । तर मुस्लिम राष्ट्र भएकाले यो चर्चा अलि बढी हुनु स्वभाविक मानेको छु । हामीले बडवाईजरसँग सहकार्य गर्दै आएका छौं । र विश्वास छ आउने दिनमा पनि यो निरन्तर हुनेछ । अब रंगशालामा अर्को उत्पादन बडजिरो विक्री हुनेछ भने सहरको अन्य ठाउँमा बडवाइजर पाइने नै छ ।

विश्वकपमा यसपटक विज्ञापन दाता र सहयोगीले साथ नदिने चर्चा पनि सुनियो । तर टेलिभिजन प्रसारण अधिकारमा विगतको संस्करणभन्दा २ सय मिलियन डलर बढी आम्दानी हुने भएको छ । यसपटक विश्वकप छोटो भएपनि धेरै तर्फबाट इच्छा आएको थिए । विज्ञापनमा पनि फिफाले गत संस्करणभन्दा २ सय मिलियन डलर बढी आम्दानी गर्दैछ । सबै क्षेत्र गरेर फिफाले ६-७ सय मिलियन डलर बढी कमाउने देखिन्छ । यो सब फिफामाथिको विश्वास हो ।
हामी विश्वलाई एक पार्न चाहन्छौं । कमै अवसर आउँछ जब विश्व एक हुन्छ । हामी बाँडिएर होइन एक भएर अघि बढ्न चाहन्छौं । यसमा साथ दिनुहोस ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]