default_image

3 years ago

November 19, 2022

अन्तत: कतारमा कामदारको विषयमा बोले फिफा अध्यक्ष इन्फान्टिनो

317 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप उद्घाटनको पूर्व सन्ध्यामा विश्वकपको तयारी र यसको परिपेक्षमा रहेर आफ्नो धारणा प्रस्तुत गरेका छन् । पत्रकार सम्मेलनमा इन्फान्टिनोले विशेषगरी अप्रवासी कामदारको विषयमा पश्चिमी मिडियामा भएको चर्चाबारे आफ्नो राखेको धारणा यसरी राखे :

पछिल्लो केही महिना यता शान्त रहेको थिएँ । तर विश्वकप सुरु हुने एक दिन अघि मलाई केही बोल्नुपर्छ जस्तो लागेको छ । म आज अरबलाई महसुस गरिरहेको छु । म अफ्रीकालाई महसुस गरिरहेको छु । म आप्रवासी कामदारलाई महसुस गरिरहेको छु । म समलिंगीलाई महसुस गरिरहेको छु ।

मेरो परिवारमा पनि आप्रवशी कामदार थिए । कतारमा होइन स्विटजरल्यान्ड थिए । म डेढ सय वर्ष अघि होइन मेरो बाल्यकालको कुरा गर्दैछु । म दक्षिण अफ्रिकाको समस्या होइन, युरोपकै कुरा गर्दैछु ।

मैले फिफा अध्यक्ष बनेलगत्तै कतार भ्रमण गरेको थिएँ । त्यसबेला मैले अवस्था ठिक नरहेको बुझें, र सुधार्न भनेको थिएँ ।

म कतारी होइन, अरब होइन, समलिंगी होइन, अप्रवासी कामदार होइन । तर मैले महसुस गरेको छु । म पनि स्विटजरल्यान्डमा घृणाको पत्र थिएँ । इटालियन भएको र मेरो शरीरमा भएको रातो कपाल र शरीरका धब्बा देखेर मलाई उडाउँथे । तर मैले साथी बनाए, अघि बढें ।

म विश्वकपमा संलग्न सबैलाई धन्यवाद भन्न चाहन्छु । सबैको लक्ष्य विश्वलाई उत्कृष्ट प्रतियोगिता दिन लागिरहनु भएको छ । तर जब बाहिर आलोचना मात्र हुन्छ, त्यसले दुख लाग्छ । लाख भन्दा बढी विश्वकप आयोजनाका लागि निरन्तर मिहिनेत गरिरहेका छन् । सबैको सहयोगले नै यो सम्भव हुन्छ ।

अप्रवासी कामदारको विषयमा बोल्न चाहन्छु । हामी युरोपेलीले पछिल्लो ३ हजार वर्षमा जे गरेका छौं, त्यसका लागि बाँकी विश्वलाई अर्को ३ हजार वर्षसम्म क्षमा माग्नुपर्छ । युरोपका ठूला कम्पनिले कतार र यस वरपरका क्षेत्रबाट वर्षेनी खरबौं डलरको व्यापार गर्छन् । यस क्रममा यी कम्पनिले कति पटक अप्रवासी कामदारको विषयमा केही बोलेका छन् ?

हामी फुटबल प्रतियोगिता गर्नका लागि पनि यस विषयमा निकै गम्भीर भएर लागेका छौं । म ६ वर्षअघि आएको थिएँ, र त्यसबेला भन्दा अहिले निकै राम्रो अवस्था छ । फिफा, फुटबल र विश्वकपले कामदारको बारेमा सोचेको छ । कतारले पनि सोचेको छ ।

एक मानव अधिकार सम्बन्धि संस्थाको रिपोर्ट अनुसार युरोपको अप्रवासी नीतिका कारण सन् २०१४ यता २५ हजार जनाले ज्यान गुमाएका छन् । यस वर्ष मात्र १२ सय जनाले ज्यान गुमाएका छन् । तर हालसम्म किन कसैले यो बारे प्रश्न गरेको छैन ?

हामीलाई थाहा छ युरोपमा पनि अवैधानिक रुपमा काम गर्ने अप्रवासीको संख्या धेरै छ । तर हामीले त्यसबारे सोचेका छैनौं । तर कतारले कानुनसम्मत नै कामदार ल्याएर कमाउने अवसर दिएको छ । के हामीले यहाँ कतारमा काम गर्ने केहि संख्यालाई युरोपमा काम गर्ने अवस्था सिर्जना गर्न सक्छौं ?

सबैतिरबाट आलोचना मात्र हुँदा कतारले गरेको राम्रो कामलाई ध्यान दिइएको छैन । सन् २०१६ बाट यता कतारमा आमूल परिवर्तन पनि भएका छन् । कफाला प्रक्रिया हटेको छ । न्युनतम तलब तोकिएको छ । अत्यधिक गर्मीमा काम गर्न नपाइने नियम छ । आइएलओले समेत यस कदमको स्वागत गरेको छ ।

कतारमा आएर कामदारको परिवारले सुन्दर भविष्य पाएको छ । आफ्नो देशमा कमाउने भन्दा दशौं गुणा कमाएर आफ्नो परिवार पालेको छ । घर फर्कने अवस्था भएको छ । के युरोपमा रहने युरोपेली अप्रवासी कामदारको अवस्था यस्तो छ ?

कामदारको अवस्थाबारे अध्ययन गर्ने मानव अधिकार संस्थाहरुले नै कतारको प्रशंसा गर्दै रिपोर्ट निकालेका छन् । तर मैले यसबारे चर्चा कतै देखेको छैन । कतारमा कामदारको अवस्था पश्चिम युरोपको जस्तो छ भन्ने दावी छ । तलब समान नहोला तर कामदारको सुरक्षा र काम गर्ने वातावरण निकै राम्रो रहेको रिपोर्ट पढेको छु । तर उक्त चर्चा रिपोर्टभन्दा बाहिर कतै देखिन्न ।

हामी बाहिरबाट आएको दबाबका कारण हाम्रो काम गर्ने गरेका छैनौं । हामी जब सहि समय आउँछ, त्यसबेला बोल्छौं । हामीलाई यसअघि पटक पटक विभिन्न स्थानबाट यसबारे बोल्न भनिएको थियो । तर हामी समय आएपछि बोल्छौं भनिरहेका थियौं ।

के तपाईंलाई लाग्छ हामीले अरु देशको सरकारसँग गएर त्यहाँको आन्तरिक विषयमा केहि भन्न सक्छौं ? तर कतारले कानुन अनुसार नै कामदारको विमा गरेको छ । तलब नपाएका कामदारको भुक्तानी गरेको छ । सन् २०१८ यता कतारले ३ सय ५० मिलियन अमेरिकी डलर विमा र तलब भुक्तानीकै लागि तिरेको छ । र मलाई लाग्छ आउने चार वर्षमा यस्तै अवस्था हुने हो भने अझ तिर्नुपर्ने हुन सक्छ ।

मलाई श्रम मन्त्री आफैंले पनि कानुन अनुसार कसैले विमा रकम प्राप्त गरेको छैन भने नियमसम्मत नै अहिले पनि प्राप्त गर्न सक्ने जानकारी दिएका छन् ।

फिफा विश्वकप कतार २०२२ लेगसी फन्डबाट पनि हामीले सहयोग गर्ने वाचा गरेका छौं । यस फन्डमा जोकोहीले पनि लगानी गर्न सक्छ । यसमा लगानी गर्नेले नै यो रकम कता जान्छ भने निर्णयमा सहभागी गर्नेछन् । हामीले हाललाई यो दुई क्षेत्रमा लगानी गर्ने सोचेका छौं ।

फन्डको रकम पहिला शिक्षामा खर्च हुनेछ । भारतमा झन्डै २ करोड ५० लाख बालबालिकामा लगानी हुनेछ । विशेषगरी महिला शिक्षामा ध्यान दिने योजना बनाएका छौं ।

अर्को फन्ड अन्तर्राष्ट्रिय लेबर संघ (आइएलओ) सँग सहकार्य गरेर लेबर एक्सिलेन्स हब निर्माण गर्ने सोचेका छौं । यसबाट भविष्यमा आयोजना हुने विश्वकप स्थलमा कामदारका लागि राम्रो अवस्था सिर्जना गर्न खर्च गर्नेछौं ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.