3 years ago
November 21, 2022
कतार (हाम्रो खेलकुद) – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप कतार २०२२ मा आफ्नो देशको सम्भावना बलियो रहेको बताएका छन् । उनले आफ्नो क्लबसँगको सम्बन्धले विश्वकपमा कुनै असर नपार्ने पनि प्रष्ट पारेका छन् ।

सोमबार प्रशिक्षणअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले सधैं सहि समयमा बोल्ने गरेको बताए । ‘मेरो जीवनमा सधैं मैले सहि समयमा बोलेको छु । म अरुले के भन्लान् भनेर सोच्दिन । म जे आउँछ त्यो बोल्छु । म कस्तो मान्छे हु भन्ने खेलाडीले राम्रोसँग बुझेका छन्,’ रोनाल्डोले भने ।
पोर्चुगलको तयारीमा आफ्नो विवादले कुनै असर नपर्ने उनले बताए । ‘हामीले निकै ठूलो आशा राखेका छौं । एक लक्ष्य लिएर अघि बढेका छौं । त्यसैले हाम्रो ध्यान मोडिने छैन,’ उनले भने ।
रोनाल्डोले युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेससँग आफ्नो सम्बन्ध प्रष्ट रहेको पनि बताए । ‘मेरो र ब्रुनोको सम्बन्ध राम्रो छ । उनी टोलीसँग ढिलो जोडिएकाले मैले जिस्काएको थिएँ । त्यहि हो,’ उनले भने ।
‘ड्रेसिङ रुममा वातावरण निकै राम्रो छ । केहि समस्या छैन । र म यहि अवसरमा भन्न चाहन्छु, मेरो सहकर्मीलाई मेरो बारेमा सोध छोड्नुहोस्,’ उनले प्रष्ट पारे ।
रोनाल्डोले विहीबार नाइजेरियाविरुद्ध भएको मैत्रीपूर्ण खेल गुमाएका थिए । शुक्रबार टोलीसँग प्रशिक्षण गरिरहेका उनले आफू तयार रहेको बताए । ‘म राम्रो अवस्थामा छु । प्रशिक्षण गरिरहेको छु र विश्वकपका लागि उत्कृष्ट लयमा छु,’ रोनाल्डोले भने ।
अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डोले विश्वकपमा पोर्चुगल दावेदारको रुपमा रहेको बताए । ‘अहिलेको पोर्चुगल टोली निकै राम्रो छ । हामीले जित्न सक्छौं भन्ने विश्वास छ । अहिलेलाई आउने खेलमा ध्यान दिइरहेका छौं । घानाविरुद्ध जित हासिल गर्न ध्यान दिइरहेका छौं,’ उनले बताए ।
पोर्चुगल विश्वकपको समूह एच मा घाना, उरुग्वे र दक्षिण कोरियासँग रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]