3 years ago
November 22, 2022
सुबास हुमागाईं, कतार
उपाधि दावेदार मानिएको दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ ।

लुसेल रंगशालामा मंगलबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २-१ को अप्रत्याशित हार बेहोर्न पुगेको हो । पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफमा अर्जेन्टिनाले लगातार आक्रमण गरेपनि पेनाल्टी गोल मात्र सम्भव हुन सक्यो । अर्जेन्टिनाको तीन गोल अफसाइडकै कारण मान्य हुन सकेन ।
पहिलो हाफमा फितलो देखिएको साउदीले दोस्रो हाफको सुरुवाती समयमा अर्जेन्टिनालाई दबाबमा राख्दै खेलमा फर्कियो । बराबरी गोलपछि पनि आक्रामक देखिएको साउदीले अग्रता लिन सफल भएको थियो । त्यसपछि अर्जेन्टिनी आक्रमणलाई रोक्दै साउदी अप्रत्याशित नतिजा हासिल गर्न सफल भयो ।
खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले अघि बढ्ने अवसर पाएको थियो । डी मारियाले विंगमा राम्रो मुभ बनाएपछि पेनाल्टी क्षेत्र भित्रआएको बलमा मेस्सीको प्रहार गोलरक्षक मोहमद अलोवाइसले बचाए ।
नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

२२ औं मिनेटमा मेस्सीले डिफेन्स लाइन पार गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । तर गोल भएपछि असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २९ औं मिनेटमा लौटारो मार्टिनेजले सुन्दर फिनिस गरेपनि भीएआरले त्यसलाई मान्यता दिएन । फेरी एकपटक अर्जेन्टिनाको अग्रता दोब्बर पार्ने प्रयासमा अफसाइड बाधक बन्यो । ३४ औं मिनेटमा पनि मार्टिनेजको गोल अफसाइड भएको थियो ।
दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोल भएको थियो ।

बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो । गोलरक्षक एमिलियानो मार्टिनेजले उक्त प्रहार छोएपनि गोल बचाउन भने सकेनन् ।
६३ औं मिनेटमा अर्जेन्टिनाले खेलमा फर्कने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । निकोलस टाग्लियाफिकोले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक मोहमद अलोवाइसले डाइभ दिँदै बचाए । ७२ औं मिनेटमा डी मारियाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई पनि अलोवाइसले विफल पारे ।
८४ औं मिनेटमा मेस्सीको हेडरमा पुन: एकपटक अलोवाइस बाधक बने । अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि साउदी गोलरक्षक अलोवाइसलाई समस्या दिन सकेन ।
यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]