3 years ago
November 23, 2022
कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा सानदार सुरुवात गरेको छ ।

अल जनौब रंगशालामा अष्ट्रेलियालाई ४-१ ले पराजित गर्दै फ्रान्सले विजयी सुरुवात गरेको हो । खेलको सुरुवाती समयमा पछि पर्दै चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाएको फ्रान्सले सानदार पुनरागमन गर्यो । क्रेग गुडविनले अग्रता दिलाएपनि अोलिभिएर जिरुडले २ तथा एड्रिएन राबिअोट र किलियन एमबाप्पेले १-१ गोल गर्दै फ्रान्सलाई जित दिलाए ।
खेलको नवौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो । म्याथ्यु लेकिले दायाँ विंगमा उत्कृष्ट बल कौशल देखाउँदै दिएको क्रसलाई गुडविनले फार पोस्टबाट गोल गरे । लेकिले छलाउने क्रममा चोट बोकेपछि फ्रान्सका डिफेन्डर लुकास हर्नान्डेजले मैदान छाड्नुपरेको थियो ।
फ्रान्सले त्यसपछि खेलमा बिस्तारै पकड जमाउँदै आक्रमण बुन्न थाल्यो । अन्ततः लगातारको आक्रमण २७ अौं मिनेटमा गोलमा परिणत भयो । थियो हर्नान्डेजको क्रसमा राबिअोटले हेडरमार्फत गोल गरे ।

बराबरी गरेको ५ मिनेटमै फ्रान्स अघि बढ्न सफल भयो । राबिअोटको पासलाई जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि एमबाप्पेले पेनाल्टी क्षेत्रभित्र पाएको सहज अवसर सदुपयोग गर्न नसक्दा फ्रान्सले अग्रता बढाउन सकेन ।
दोस्रो हाफमा फ्रान्सले आफ्नो दबाब कायम नै राख्यो । ६८ अौं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे । अोस्मान डेम्बेलेको क्रसलाई उनले दुई डिफेन्डरको बीचमा उफ्रदै गोल गरे ।
त्यसको तीन मिनेटपछि नै फ्रान्सले अर्को गोल थप्यो । यसपटक एमबाप्पेको क्रसमा जिरुडले हेडरमार्फत गोल गरे । यस गोलसँगै जिरुडले थिअरी हेनरीको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबर गरेका छन् । दुवैले फ्रान्सका लागि ५१ गोल गरेका छन् ।
यस जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । आजै भएको समूहको पहिलो खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]