3 years ago
November 23, 2022
एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले दुई वर्षका लागि सम्झौता थप गर्दै सन् २०२५ सम्म प्रिमियर लिग क्लबसँगै रहने निर्णय गरेका छन् ।

सिटीका लागि चार पटक प्रिमियर लिगसँगै कुल ११ उपाधि जितेका गुआर्डीओला सन् २०१६ मा इंग्ल्यान्ड आएका थिए । उनले आफू विश्वकप उत्कृष्ट क्लबमा रहेको बताए ।
‘म यहाँ आएको पहिलो दिनदेखि नै विशेष महसुस गरिरहेको छु । मेरो लागि यो भन्दा राम्रो ठाउँ छैन । म सिटीमा थप दुई वर्ष बस्न पाउँदा खुसी छु,’ उनले भने ।
सिटी जारी सिजन प्रिमियर लिगको दोस्रो स्थानमा छ । क्लबले च्याम्पियन्स लिगको नकआउट चरणमा आरबी लाइप्जिगको सामना गर्दैछ । उनले सिटीका लागि अबको दशक निकै उत्साहजनक हुने बताए ।
‘मलाई थाहा छ अबको दशक क्लबको लागि उत्साहले भरिपूर्ण हुनेछ । पछिल्लो १० वर्ष जे भयो, अर्को दशक पनि त्यस्तै हुनेछ । क्लबको व्यवस्थापनका कारण पनि यो सम्भव भएको हो,’ उनले बताए ।

क्लबका अध्यक्ष खालदुन अल मुबारकले पनि गुआर्डीओलाले क्लबमा बस्ने निर्णय लिएको खुसी व्यक्त गरे । ‘पेपले हाम्रो क्लबको सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनको नेतृत्वमा क्लबले निरन्तर सुधार गर्दै गएको छ । हरेक सिटी समर्थकजस्तै म पनि आउने दिनका लागि उत्साहित छु,’ उनले भने ।
बार्सिलोनाका लागि ४ वर्षमा १४ उपाधि जितेपछि गुआर्डीओला बायर्न म्युनिख पुगेका थिए । उनले त्यहाँ लगातार तीन सिजन लिग जित्दै सिटी आएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]