3 years ago
November 24, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाको खेल गोलरहित बराबरीमा सकिएको छ ।

विहीबार एजुकेसन सिटी रंगशालामा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेको दुवै हाफमा १-१ प्रहार पोस्टमा लागेको थियो । कोरियाले आक्रमण बुनेपनि विपक्षी गोलरक्षक रोसेलाई खास समस्या दिन सकेन ।
१९ अौं मिनेटमा फेडे भालभेर्डेको प्रहार पोस्टभन्दा थोरै माथिबाट गयो । त्यसको केहिबेरमा डार्विज न्युनेज बलसम्म पुग्न ढिला गर्दा गोलरक्षक किम सोङ् ग्युले राम्रो बचाउ गरे ।
३५ अौं मिनेटमा कोरियाले अग्रता लिने सुवर्ण अवसर खेल फाल्यो । लो क्रसमा ६ यार्ड बक्सको मध्यभागमा अनमार्क रहेका उइजो ह्वाङले बललाई पोस्टको दिशा दिन सकेनन् ।
४३ अौं मिनेटमा उरुग्वेका लागि पोस्ट बाधक बन्यो । कर्नरमा डिएगो गोडिनको हेडर गोलरक्षक ग्युले छोएपछि पोस्टमा लाग्दै बाहिरिएको थियो ।
६२ अौं मिनेटमा न्युनेजले बायाँ विंगमा डिफेन्स कटाएर दिएको कटब्याक गोलरक्षक ग्युले दोस्रो प्रयासमा नियन्त्रण गरे । ७५ अौं मिनेटमा ह्युङ मिन सनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रयास डिफेन्सले रोके । लगत्तै वैकल्पिक फरवार्ड चो ग्युसङको प्रहारले पोस्ट दिशा लिन सकेन ।
८१ अौं मिनेटमा न्युनेजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रयास पोस्टतर्फ जान सकेन । ८९ अौं मिनेटमा उरुग्वेका लागि पुन: पोस्ट बाधक बन्यो । फेडे भालभर्डेले २५ यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक बिट भएपनि पोस्टमा लाग्दै बाहिरियो । लगत्तै अर्कोतर्फ सनको प्रहार पोस्टको दायाँ भागतिर बाहिरियो ।
यस बराबरीले समूह एचमा दुवैले १-१ अंक जोडेका छन् । आजै समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]