3 years ago
November 24, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगलले समूह एच मा विजयी सुरुवात गरेको छ । विहीबार रंगशाला ९७४ मा पोर्चुगलले घानामाथि ३-२ को जित दर्ता गरेको हो ।

पहिलो हाफमा गोलरहित रहेको खेलमा दोस्रो हाफ भने दुवै टोलीले आक्रमणमा पाएको अवसर सदुपयोग गरे । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएपछि अन्तिम ३० मिनेटमा ४ गोल सम्भव भएको थियो । पोर्चुगलका लागि जोआओ फेलिक्स र राफाएल लिआओले गोल थप्दा घानाका कप्तान आन्द्रे आयु र ओस्मान बुकारीले गोल फर्काए ।
पहिलो हाफको दशौं मिनेटमा नै घानाका गोलरक्षक अती जिगीले सुन्दर बचाउ गरे । बर्नार्डो सिल्भाको पासमा रोनाल्डोले गरेको प्रहारमा गोलरक्षक जिगीले जिउ फैलाएर बचाउ गरेका थिए । ३१ औं मिनेटमा रोनाल्डोले गोल गरेपनि रेफ्रीले त्यसअघि नै रोनाल्डोले फल गरेको भन्दै सिठी फुके । ४१ औं मिनेटमा रोनाल्डोको प्रहार डिफेन्डर ड्यानीएल अमार्टेले रोकिदिए ।

५५ औं मिनेटमा घानाका मोहमद कुडुसले मध्यभागबाट बल अघि बढाउँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार थोरैले बाहिरियो । ६३ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । पेनाल्टी क्षेत्रभित्र रोनाल्डोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीमा सहजै गोल गर्दै पोर्चुगललाई अघि बढाए । यससँगै रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बने ।
तर पोर्चुगलको अग्रता लामो समय भने टिकेन । खेलमा पछि परेको आठ मिनेटमै कप्तान आन्द्रे आयुले घानाका लागि बराबरी गोल फर्काए । कुडुसले पेनाल्टी क्षेत्रको बायाँ विंगबाट दिएको लो क्रस ड्यानिलो परेराको खुट्टामा छुँदै पार भएपछि आयुले सहजै गोल गरे ।

बराबरी भएको ५ मिनेटपछि नै पोर्चुगलले अग्रता पुन: स्थापना गर्यो । जोआओ फेलिक्सले विश्वकपमा पहिलो गोल गर्ने क्रममा ७८ औं मिनेटमा सुन्दर फिनिस गरे । उनले ब्रुनो फर्नान्डेसको पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनको अवस्थामा कुनै गल्ती गरेनन् ।
अग्रता लिएको दुई मिनेटमा नै पोर्चुगलले अर्को गोल थप्यो । राफाएल लिआओले मैदान छिरेको तीन मिनेटमै गोल गरे । विश्वकपमा पहिलो खेल खेलिरहेका उनले ब्रुनोको पासलाई पहिलो टचमै गोलमा परिणत गरे ।
८९ औं मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर थप गरिएको ९ मिनेटको अन्तिम समयमा घाना खेल बराबरी गर्न सुवर्ण अवसरबाट बन्चित हुन पुग्यो । गोलरक्षक डिओगो कोस्टाले बल भुइँमा राखेको अवस्थामा पछाडी उभिएका घानाका इनाकी विलियम्सले बल खोसे । तर बल खोस्ने क्रममा खाली पोस्टमा प्रहार गर्ने प्रयासमा उनी चिप्लिन पुग्दा डिफेन्डर लाइनमा फर्कन पाए र प्रहार गोललाइनबाट क्लियर गर्न सके ।
यस जितसँगै पोर्चुगल समूह जी को शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको ३ अंक हुँदा उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । आजै भएको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरिया गोलरहित बराबरीमा रोकिएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]