default_image

3 years ago

November 25, 2022

‘रोनाल्डोले रेफ्रीबाट पेनाल्टी उपहार पाए’ – घानाका प्रशिक्षक ओटो

443 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – घानाका प्रशिक्षक ओटो अद्दोले पोर्चुगलविरुद्ध खेलमा रेफ्रीले आफ्नो पक्षमा निर्णय नदिएको कारण नै हार बेहोरेको बताउँदै रोनाल्डोलाई रेफ्रीले पेनाल्टी उपहार दिएको बताएका छन् ।

विहीबार रंगशाला ९७४ मा पोर्चुगलविरुद्ध ३-२ को हार बेहोरेपछि पत्रकार सम्मेलनमा बोल्दै ओटोले रेफ्रीको निर्णयका कारण खेल हार्न पुगेको बताए । ‘पेनाल्टीसम्म हामीले राम्रो खेल्यौं । कम अवसर पाएपनि हामीले राम्रो डिफेन्स गरेका थियौं । पोर्चुगलले गोल गरेपछि खेल परिवर्तन भयो । त्यो पेनाल्टी गलत निर्णय थियो । बल हामीले खेलेका थियौं र त्यो अवस्थामा खेलाडी जुध्दा त फल थिएन नै भन्ने लाग्छ,’ उनले भने ।

कप्तान आयुलाई परिवर्तन गर्नुले खेलमा असर नगरेको उनको बुझाइ थियो । ‘कप्तान आन्द्रेलाई पहेंलो कार्ड पाएपछि अन्त्यमा परिवर्तन गरेका थियौं । नयाँ खेलाडीले जोश प्रदान गर्ने सोचेको थिएँ । खेल १-१ को बराबरीमा हुँदा उनलाई विश्राम दिएको थियौं । उनको अनुपस्थितिले असर परेको थिएन,’ ओटोले थपे ।

रेफ्रीको निर्णयप्रति भने ओटो निकै निराश देखिए । ‘हामी अलिकति अभागी भयौं । रेफ्रीले पनि हाम्रो पक्षमा निर्णय दिएनन् । आज हामीले राम्रो खेलेका हौं, तर नतिजा निकाल्न नसक्दा दुखी छौं ।’

‘हामीले रेफ्रीका कारण हार्यौं भन्न सक्छौं । खेल दुवै तर्फ जान सक्थ्यो । इनाकीले अन्तिममा बराबरी गर्ने अवसर पनि पाएका थिए, तर दुर्भाग्य उनी चिप्लिन पुगे । विश्वको उत्कृष्ट मध्यको टोलीसँग यो स्तरको खेल देखाउँदा खुसी नै छु ।’

‘हामीले रेफ्रीसँग खेलपछि बोल्ने प्रयास पनि गरेका थियौं । तर रेफ्री मिटिङमा व्यस्त रहेको भन्दै बोल्न पाएनौं । यस्तो निर्णय दिएपछि त्यसबारे हामीले बोल्न पनि पाउनुपर्छ ।’

ओटोले अफ्रिकी राष्ट्रले जारी विश्वकपको पहिलो खेल सकिँदा जित हासिल गर्न नसकेकोमा पनि आफ्नो धारणा राखे । ‘अफ्रिकी राष्ट्रको कुरा गर्दा हाम्रो महादेशबाट ५ राष्ट्र मात्र आएका छन् । युरोपबाट १२-१४ देश आउँछन् । हामीले आज प्रतिस्पर्धा गर्यौं, सेनेगलले पनि नेदरल्यान्ड्सलाई चुनौती दिएको छ । हामीले नराम्रो खेलेका छैनौं,’ उनले बताए ।

घाना अझैपनि नकआउट चरण जान सक्नेबारे ओटो सकारात्मक देखिए ।’हामीसँग अझै अघि बढ्ने अवसर छ । अर्को खेल बराबरी भएकाले पनि हामीलाई अवसर छ । अर्को खेलमा हामी र पोर्चुगल दुवैले जित हासिल गरे हामी दोस्रो स्थानमा जानेछौं । अर्को खेल कोरियासँग कठिन हुनेछ । उनीहरु पनि दबाबमा नै छन्,’ ओटोले भने ।

ओटोलाई रोनाल्डोले पाँचौ विश्वकप खेल्दै सबै संस्करणमा गोल गरेकोबारे प्रश्न सोधिएको थियो । तर उनले रोनाल्डोबारे खुलेर बोल्न चाहेनन् । ‘गोल गर्ने हरेक खेलाडीलाई बधाई दिन चाहन्छु । रोनाल्डोलाई पनि बधाई छ । तर आजको गोल उपहार थियो । रोनाल्डोले रेफ्रीबाट विशेष उपहार पाए,’ उनले थपे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.