default_image

3 years ago

November 25, 2022

‘इतिहास रचेकोमा गर्व लाग्छ’ – रोनाल्डो

247 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौ विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गर्न सकेकोमा आफूलाई गर्व लागेको बताएका छन् ।

घानाविरुद्ध जितमा रोनाल्डो खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।

घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे । पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे । उनको स्थानमा गोन्कालो रामोस मैदान छिरेका थिए ।

खेलपछि बोल्दै रोनाल्डोले आफ्नो लागि यो क्षण विशेष रहेको बताए । ‘यो विशेष क्षण हो । मेरो पाँचौ विश्वकप हो र पाँचौ विश्वकपमा गोल गर्दै इतिहास रच्न सकें । म निकै गर्व महसुस गरिरहेको छु । पहिलो खेलमा जित हासिल गर्नु महत्त्वपूर्ण थियो । हाम्रो टोलीले राम्रो खेल्यौं,’ रोनाल्डोले भने ।

रोनाल्डोले यसै साता मात्र म्यानचेस्टर युनाइटेडसँग आपसी समझदारीमा सम्झौता रद्द गरेका थिए । रोनाल्डोले युनाइटेडसँगको कुरा सकिएको र अब विश्वकपमा ध्यान दिने बताए ।

‘यो साता हामीले विश्वकपमा राम्रो सुरुवात गर्नु थियो । त्यसमा हामी सफल भएका छौं । बाँकी सबै कुरा सकिसकेको छ । अब हाम्रो ध्यान विश्वकपमा छ । आज राम्रो सुरुवात भयो र अब अघि पनि त्यसैलाई निरन्तरता दिनेछौं,’ उनले टुंग्याए ।

पोर्चुगलले अब समूह चरणको दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.