default_image

3 years ago

November 25, 2022

ब्राजिलको जितमा रिचार्लीसन नायक

325 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – टोटेनहम हट्सपरका फरवार्ड रिचार्लीसन अन्द्रादे नायक बन्दा फिफा विश्वकप कतार २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ । लुसेल रंगशालमा विहीबार ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्दा दुवै गोल रिचार्लीसनले गरे ।

पहिलो हाफमा अवसर सदुपयोग गर्न नसकेको ब्राजिलले दोस्रो हाफमा थप आक्रामक प्रस्तुति गरेको थियो । मुख्य फरवार्ड रिचार्लीसनले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरे । उनले गरेको दोस्रो गोल भने प्रतियोगितामा हालसम्मकै उत्कृष्ट मध्य रहेको थियो ।

खेलको २८ औं मिनेटमा ब्राजिलले अग्रता लिने अवसर पाएको थियो । थियागो सिल्भाको पासमा भिनीसियसले पेनाल्टी क्षेत्रभित्र प्रहार गर्न केहि ढिलो भए । गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले अगाडी बढेर उनलाई राम्रो प्रहार गर्न दिएनन् ।

६० औं मिनेटमा एलेक्स सान्ड्रोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कंदा ब्राजिल अग्रता लिनबाट बन्चित भयो । ६३ औं मिनेटमा ब्राजिलले रिचार्लीसनको गोलमा अग्रता लियो । भिनिसियस जुनिअरको प्रहार गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले बचाएपनि रिबाउन्डमा रिचार्लीसनले सहजै गोल गरे ।

६७ औं मिनेटमा भिनीसियस पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा सट प्रहार गर्दा चिप्लिन पुग्दा उनको प्रहार निकै बाहिर गएको थियो । औं मिनेटमा रिचार्लीसनले सानदार गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । भिनीसियस जुनिअरले दिएको आउटसाइड फुट पासलाई रिचार्लीसनले पेनाल्टी क्षेत्रभित्र बायाँ खुट्टाले उचालेर दायाँ खुट्टाले एक्रोब्याटिक प्रहार गर्दै दर्शनीय गोल गरे ।

८१ औं मिनेटमा क्यसेमिरोको प्रहार क्रसबारमा लागेर फर्कियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट पहिलो टचमा गरेको प्रहारमा गोलरक्षक बिट भएपनि क्रसबार बाधक बन्यो । ८४ औं मिनेटमा फ्रेडको प्रहारलाई गोलरक्षक भान्जाले विफल पारे ।

यस जितसँगै ब्राजिल समूह जी को शीर्षस्थानमा पुगेको छ । ब्राजिल र स्विटजरल्यान्ड दुवैको ३ अंक रहेको छ । विहीबारकै पहिलो खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई १-० ले पराजित गरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.