default_image

3 years ago

November 25, 2022

वेल्स र इरान पहिलो जितको खोजीमा

243 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (शुक्रबार) देखि समूह चरणको दोस्रो राउन्डका खेलहरु शुरु हुनेछ ।

दोस्रो राउन्डको पहिलो खेलमा वेल्स र इरानले प्रतिस्पर्धा गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । यि दुई टोलीबीचको खेल अहमद विन अली स्टेडियम दिउँसो ३ः४५ बजेपछि हुनेछ ।

६४ वर्षपछि पहिलोपटक फिफा विश्वकप खेलिरहेको वेल्स आफ्नो पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेल्दा इरानले इंग्ल्यान्डसँग ६–२ को हारबाट विश्वकपको शुरुवात गरेको छ । दुवै टोली पहिलो जित निकाल्दै विश्वकपमा समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ ।

अमेरिकाविरुद्ध पेनाल्टीमार्फत बराबरी गोल फर्काएका ग्यारेथ बेल नै इरानविरुद्धको खेलमा मुख्य हतियार हुनेछ । वेल्सको सर्वाधिक गोलकर्ता रहेका उनी विपक्षी टोलीका लागि टाउँको दुखाई हुन सक्छ ।

यता, छैटौंपटक फिफा विश्वकपमा प्रतिस्पर्धा गरिरहेको इरान युरोपेली टोलीविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । इङ्ल्यान्डविरुद्ध दुई गोल गरेका मेहदी तारेमी टोलीका लागि प्रमुख खेलाडी हुनेछन् । उनी विश्वकपको एकै खेलमा दुई गोल गर्ने पहिलो इरानी खेलाडी हुन् ।

विश्वकपमा यि दुई टोली पहिलो पटक तथा समग्रममा दोस्रोपटक खेल्न लागेको हो । यसअघि यि दुई टोलीले सन् १९७८ मा मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्दा वेल्स १–० ले विजयी भएको थियो ।

वेल्स पछिल्लो १० खेलमा अपराजित छ । जसमा ६ जित र ४ बराबरीको नतिजा छ । यता, इरानले सन् २००६ को विश्वकपमा सुरुवाती दुवै खेल गुमाएको थियो । इरान सोही विगत दोहो¥याउन चाहदैन ।

एहसान हाजासाफी र अलिरेजा जाहानबाख्स इरानबाट विश्वकपका बढी खेल्ने खेलाडी हुन् । उनीहरुले समान ७ खेल खेलेका छन् । इरानले विश्वकपमा १६ खेल खेल्दा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.