3 years ago
November 25, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो राउन्डमा आयोजक कतारले अफ्रिकी च्याम्पियन सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ ।

कतार र सेनेगलबीचको खेल अल थुमामा स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । दुवै टोली समूह ‘ए’ मा पहिलो जितको खोजीमा हुनेछ ।
दुवै टोलीले आफ्नो पहिलो खेलमा समान २–० को हार बेहोरेको थियो । कतारले इक्वेडरसँग तथा सेनेगलले नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । आयोजकको हैसियत पाएर पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेको कतार विश्वकपमा गोल गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
कतारलाई अफ्रिकी च्याम्पियनविरुद्धको खेल त्यति सहज भने हुने छैन । तर, कतारले सेनेगलका मुख्य फरवार्ड साडियो माने नभएको फाइदा उठान सक्नेछ । सेनेगललाई आफ्नो मुख्य फरवार्ड साडियो मानेको अभाव हुनेछ । चोटका बावजुत विश्वकपको टोलीमा समावेश भएपनि उनी अन्तिम समयमा बाहिरिन पुगेका थिए ।
कतारले गत वर्षको फिफा अरब कपमा दुईपटक अफ्रिकी राष्ट्रसँग प्रतिस्पर्धा गरेको थियो । सेमिफाइनलमा अल्जेरियासँग २–१ ले पराजित भएको कतारले इजिप्टलाई सडन डेथमा ५–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
विश्वकपमा सेनेगलको उत्कृष्ट नतिजा २००२ को विश्वकपमा क्वाटरफाइनल पुग्नु हो । तेस्रोपटक विश्वकप खेलिरहेको सेनेगलले विश्वकपमा ९ खेल खेल्दा समान ३ जित, बराबरी र हारको नतिजा निकालेको छ । त्यसमा ११ गोल गर्दा १२ गोल बेहोरेको छ ।
कतार र सेनेगलबीचको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । कतारले अफ्रिकी विपक्षीविरुद्ध पछिल्ला १३ खेल खेल्दा ३ खेलमा मात्रै हार बेहोरेको छ । समान ५ जित र बराबरीको नतिजा निकालेको छ ।
एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, इड्रीसा गाना गेये र इस्माइला सार टाेलीमा रहेका छन्बा ।
यता, कतारसँग साद अलसिब, पेड्रो मिगुएल, तारेक सलमान, बसम अल रावी, अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, स्माइल मोहम्मद, नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी रहेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]