3 years ago
November 25, 2022
कतार (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा दुई गोल गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इरानले वेल्सलाई २-० ले पराजित गरेको छ ।

खेल अवधिभर आक्रमक देखिएको इरान विरुद्ध गोलरक्षक वायन हेनेसी पटक पटक बाधक बनेका थिए । इरानको दुई प्रहार पोस्टमा पनि लागेको थियो । तर अन्त्यतिर हेनेसी रातो कार्ड खाँदै बाहिरिएपछि इरानले इन्ज्युरी समयमा त्यसको फाइदा उठाउँदै दुई गोल गर्यो ।
१२ औं मिनेटमा वेल्सको अग्रता लिने प्रयासमा गोलरक्षक होसेनी बाधक बने । कनर रोबर्ट्सको क्रसमा किएफर मुरको प्रहारलाई उनले पोइन्ट ब्लान्क रेन्जबाट बचाए । १५ औं मिनेटमा इरानले गोल गरेपनि त्यसले मान्यता पाउन सकेन । सरदार अजमौनले दिएको पासमा अली घोलीजादेहले गोल गरेपनि उनी खाली पोस्टमा प्रहार गर्नुअघि अफसाइड रहेको देखिएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा पुन: अजमौनकै पासमा इरानले अग्रता लिन सकेन । पेनाल्टी क्षेत्रभित्र उनले दिएको बललाई अहमद नुरल्लाहीले गोल गर्न सकेनन् । त्यसपछि उनले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक वायन हेनेसीले बचाए ।
दोस्रो हाफको सुरुवातमा इरान पुन: अग्रता लिनबाट चुक्यो । लगातार दुई पटक पोस्ट बाधक बन्दा इरान अघि बढ्न सकेन । अजमौनले वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेर फर्केपछि घोलीजादेहले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार पनि पोस्टमै लाग्यो । उक्त रिबाउन्डमा अजमौनको प्रयास गोलरक्षक हेनेसीले बचाए ।

७३ अौं मिनेटमा पुन: एकपटक हेनेसीले खेल बराबरीको अवस्थामा राखे । साइद एजातोलाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार उनले दायाँतर्फ डाइभ दिँदै पोस्टबाट बाहिर राखे ।
८४ अौं मिनेटमा वेल्सको प्रयासमा गोलरक्षक होसेनी बाधक बने । बेन डेभिसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई क्रसबार माथि पठाए ।
८६ अौं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो । गोलरक्षक वायन हेनेसीले पेनाल्टी क्षेत्र बाहिर बल रोक्ने प्रयासमा इरानका फरवार्डलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिँदै रातो कार्ड दिए । वैकल्पिक गोलरक्षक ड्यानी वार्डले त्यसपछि आरोन राम्जीको स्थान लिए । लगत्तै मेहदी तोराबीको प्रहार पोस्टबाट बाहिरियो ।
इन्ज्युरी समयमा रुज्बेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाए । उनले थप गरिएको नवौं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बटम कर्नरमा गोल भएको थियो ।
त्यसको केहिबेरमा नै इरानले अर्को गोल थप्यो । वेल्स बराबरी गोल गर्न अघि बढेको अवस्थामा काउन्टर अट्याकमा रमिन रेजानले गोल गरे । थप समयको ११ औं मिनेटमा मेहदी तारेमीले दिएको पासलाई नियन्त्रणमा लिँदै उनले संयमित फिनिस गर्दै २-० को जित सुनिश्चित गरे ।
यससँगै इरानले पहिलो खेलमा बेहोरेको हार बिर्साउँदै नकआउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ । इंग्ल्यान्डले १ खेलमा ३ अंक जोडेको छ र आज अमेरिकासँग खेल्नेछ । वेल्स र अमेरिकाको १-१ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]