default_image

3 years ago

November 25, 2022

कतारमाथि सेनेगलको जित

211 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा सेनेगलले आयोजक कतारलाई पराजित गरेको छ । अल थुमामा रंगशालामा सेनेगलले ३-१ को जित दर्ता गरेको हो ।

पहिलो हाफको अन्त्यतिर अग्रता लिएको सेनेगलले दोस्रो हाफको सुरुवातमै गोल थपेको थियो । तर मोहमद मुन्टारीले कतारका लागि विश्वकप इतिहासकै पहिलो गोल गर्दै खेलमा फर्कने संकेत दिए । थकित डिफेन्सविरुद्ध वैकल्पिक खेलाडी बाम्बा डीएङले गोल थप्दै सेनेगललाई जित दिलाए । यस जितसँगै सेनेगल जारी विश्वकपमा जित हासिल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ ।

खेलको ४१ औं मिनेटमा डियाले गोल गर्दै सेनेगललाई अघि बढाए । क्रेप्लिन डियाट्टाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर बौअलेम खौखीले बचाए । तर क्लिअरेन्स गर्ने प्रयासमा उनी लड्न पुग्दा बौलाए डियाले गोल गर्दै घरेलु समर्थकलाई निराश बनाए ।

दोस्रो हाफको सुरुवातमै सेनेगलले अग्रता दोब्बर पार्यो । ४८ औं मिनेटमा फामारा देधिउले गोल कर्नरमा हेडरमार्फत गोल गरे । इस्माइल जेकब्सको कर्नरमा उनले ६ यार्ड बक्सबाट बललाई पोस्टको दिशा दिएका थिए ।

६३ औं मिनेटमा गोलरक्षक एडुआर्ड मेन्डीले कतारका फरवार्ड अल्मोएज अलीको प्रहारलाई विफल पार्दै सेनेगलको अग्रता घट्न दिएनन् ।

७८ औं मिनेटमा कतारका लागि मोहमद मुन्टारीले गोल गर्दै खेलमा फर्कने संकेत दिए । इस्माइल मोहमदको क्रसमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मुन्टारीले हेडरमार्फत गोल गरे । यो गोल कतारले विश्वकप इतिहासमा गरेको पहिलो गोल पनि हो ।

८४ औं मिनेटमा बाम्बा डीएङले गोल गर्दै क्यामरुनको दुई गोलको अग्रता पुन: स्थापना गरे । बारोय एनडीआएको पासलाई बाम्बाले पहिलो टचमा नै गोल गर्दै जित सुनिश्चित गरे ।

यस जितसँगै सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलको ३-३ अंक छ । आज हुने खेलमा नेदरल्यान्ड्स र इक्वेडर भिड्दैछन् । दुवै खेलमा हार बेहोरेको कतार अंकविहिन छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.