3 years ago
November 25, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

खलिफा रंगशालामा शुक्रबार नेदरल्यान्ड्सले खेलको सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । कोडी गाक्पोले अग्रता दिलाएको नेदरल्यान्ड्सले खेल अघि बढ्दै जाँदा आक्रमणलाई निरन्तरता दिन सकेन । जवाफमा इक्वेडरले भने पटक पटक डच टोलीको डिफेन्सलाई समस्या दियो । इक्वेडरले दोस्रो हाफको सुरुवातमै कप्तान एनर भ्यालेन्सियाको गोलमा पुनरागमन गर्यो । त्यसपछि पाएको अवसर सदुपयोग गर्न नसक्द खेल बराबरीमा सकियो ।
खेलको पाँचौ मिनेटमा नै कोडी गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिर डेभी क्लासेनले दिएको चलाखीपूर्ण पासलाई उनले अघि बढाउँदै गोलमा परिणत गरे । पहिलो हाफको इन्ज्युरी समयमा इक्वेडरले गोल फर्काएको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन । गोल हुने क्रममा गोलरक्षकलाई अफसाइडमा बसेको खेलाडीले छेकेका कारण गोलले मान्यता पाउन सकेन ।

दोस्रो हाफको सुरुवातमा भने इक्वेडरले बराबरी गोल फर्कायो । उद्घाटन खेलमा दुई गोल गरेका कप्तान एनर भ्यालेन्सियाले इक्वेडरलाई खेलमा फर्काए । पेर्भिस एस्तुन्पियानको प्रहारलाई गोलरक्षक एन्द्रिज नोपर्टले विफल पारेपनि रिबाउन्डमा भ्यालेन्सियाले बललाई सहजै पोस्टको दिशा दिए ।
५९ औं मिनेटमा इक्वेडरको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । क्लियर नभएको क्रसमा गोन्जालो प्लाटाले गरेको शक्तिशाली प्रहार गोलरक्षक नोपर्टले जोगाउन नसक्दा क्रसबारमा लागेर फर्केको थियो ।

त्यसअघि समूह ए को खेलमा आयोजक कतार सेनेगलसँग ३-१ ले पराजित भएको थियो । पहिलो हाफको अन्त्यतिर बोउलाए डियाको गोलमा अग्रता लिएको सेनेगलले दोस्रो हाफको सुरुवातमै फामारा देधिउको गोलमा अग्रता बढाएको थियो । तर मोहमद मुन्टारीले कतारका लागि विश्वकप इतिहासकै पहिलो गोल गर्दै खेलमा फर्कने संकेत दिए । थकित डिफेन्सविरुद्ध वैकल्पिक खेलाडी बाम्बा डीएङले गोल थप्दै सेनेगललाई जित दिलाए ।
समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरको समान ४-४ अंक छ । तेस्रो स्थानको सेनेगलको ३ अंक छ भने कतार दुवै खेल हार्दै विना अंक पुछारमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]