3 years ago
November 25, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप २०२२ को आयोजक टोली कतार समूह चरणबाट नै बाहिरिएको छ । समूह ए मा शुक्रबार लगातार दोस्रो हार बेहोरेको कतार अंकविहिन हुँदै बाहिरिएको हो ।

आइतबार भएको उद्घाटन खेलमा इक्वेडरसँग २-० ले पराजित हुँदै कतारले खराब सुरुवात गरेको थियो । यसक्रममा कतार विश्वकपको उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टोली समेत बन्यो । सन् १९७० मा मेक्सिकोपछि उद्घाटन खेलमा गोल नगर्ने टोली बनेको कतारले दोस्रो खेलमा भने गोलको खाता खोलेको थियो ।
कतारका लागि सेनेगलविरुद्ध ३-१ को हारमा शुक्रबार अल थुमामा रंगशालामा मोहमद मुन्टारीले गोल गरे । उनले वैकल्पिक खेलाडीको रुपमा गोल गर्दै विश्वकपमा कतारको गोलको खाता खोलेका थिए । यसक्रममा कतार फिफा विश्वकप इतिहासमा गोल गर्ने ७५ औं राष्ट्र पनि बन्यो ।
समूह ए मा आजै भएको अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच १-१ को बराबरी भएपछि कतार समूह चरणबाट नै बाहिरिएको हो । सन् २०१० मा दक्षिण अफ्रिकापछि कतार नकआउट चरण नपुग्ने राष्ट्र बनेको छ । यस्तै समूहको दुई खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो ।
कतार विना कुनै अंक समूहको पुछारमा छ । नेदरल्यान्ड्स र इक्वेडरको ४-४ तथा सेनेगलले ३ अंक जोडेको छ । कतारले अब अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]