default_image

3 years ago

November 26, 2022

अमेरिका र इंग्ल्यान्ड गोलरहित

257 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी मा अमेरिका र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा सकिएको छ ।

खेलको दशौं मिनेटमा रहिम स्टर्लिङको कटब्याकमा ह्यारी केनको प्रहार अमेरिकी डिफेन्डर टिम रीमले विफल पारे । लगत्तै प्राप्त कर्नरको रिबाउन्डमा मेसन माउन्टको प्रहार आकाशियो । २५ अ‍ौं मिनेटमा टिम वेहको क्रसमा वेस्टन मक्केनीको भली पोस्टभन्दा थोरै माथिबाट जाँदा अमेरिका अग्रता लिनबाट चुक्यो ।

३३ अ‍ौं मिनेटमा अमेरिकाका लागि क्रसबार बाधक बन्यो । क्रिस्टियन पुलिसिचले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक पिकफर्डले सहि ठम्याउन नसक्दा क्रसबारमा लागेर बाहिरियो । ४५ अ‍ौं मिनेटमा लुक शाको कटब्याकलाई बुकायो साकाले पोस्टको दिशा दिन सकेनन् । लगत्तै मेसन माउन्टको प्रहारलाई गोलरक्षक म्याट टर्नरले विफल पारे ।

दोस्रो हाफमा दुवै टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन सकेनन् । यस बराबरीले समूह बी को नकआउट समिकरण भने खुला बनेको छ । सबै ४ टोलीको अघि बढ्ने सम्भावना छ । इंग्ल्यान्ड ४ अंक, इरान ३ अंक, अमेरिका २ अंक र वेल्स १ अंक जोड्दै समुहबाट अघि बढ्ने लक्ष्यमा छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.