3 years ago
November 26, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया दोस्रो खेलमा पोल्यान्डसँग पराजित भयो । पोल्यान्डले एजुकेसन सिटी रंगशालामा साउदीलाई २-० ले पराजित गर्दै आफू अंक तालिकाको शीर्षस्थानमा उक्लियो ।

साउदीले दोस्रो खेल हारेपछि टोलीका प्रशिक्षक हर्भ रेनार्डले आफ्नो टोलीको सम्भावना अझै बाँकी रहेको बताए । ‘आज हामीले राम्रो खेलेका थियौं । तर गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्यो । यस समूहबाट हामी अघि बढ्ने सम्भावना अझपनि छ । यो नबिर्सनुस हामी मरेका छैनौं,’ उनले भने ।
रेनार्डले आजको खेलमा केहि गल्ती भएपनि समर्थकले साथ दिनुपर्ने बताए । ‘सधैं राम्रो नतिजा आउँछ भन्ने हुदैन । तर समर्थकले जितमा होस् या हारमा, साथ छोड्नु भएन । आज हामीले पाएको अवसरमा राम्रो गर्न सकेनौं । केहि व्यक्तिगत गल्ती पनि भए, तर टिममा सबैले समान हेर्नुपर्छ,’ रेनार्डले थपे ।
पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी जोगाउँदै साउदीलाई बराबरी गोल फर्काउनबाट रोकेका थिए । रेनार्डले पेनाल्टी चुकाउनु खेलको अर्को पाटो रहेको बताए । ‘पेनाल्टी चुक्नु खेलको पाटो हो । यसअघिका प्रतियोगितामा पनि हामीले भोगेका छौं । सेचेज्नी नयाँ गोलरक्षक होइनन् । उनको स्तरबारे सबैलाई थाहा छ । उनलाई बधाई छ,’ रेनार्डले टुंग्याए ।
साउदी अरेबियाले अब समूहको अन्तिम खेलमा मेक्सिकोको सामना गर्नेछ । उक्त खेलमा पराजित भए टोली समूह चरणबाट बाहिरिनेछ । बराबरीको नतिजाले समीकरण कस्तो हुन्छ भन्ने आज हुने अर्जेन्टिना र मेक्सिकोबीच नतिजाले थाहा हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]