default_image

3 years ago

November 28, 2022

‘मेस्सी र रोनाल्डो आफ्नो देशका मात्र होइनन्, सारा विश्व फुटबलका हुन्’

496 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – ब्राजिलियन डिफेन्डर मार्किन्हसले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अर्जेन्टिना र पोर्चुगलको मात्र नभएर सारा विश्व फुटबलले आफ्नो मान्नु पर्ने बताएका छन् ।

समूह चरणमा स्विटजरल्यान्डको सामना गर्नुअघि आइतबार मार्किन्हसले पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनलाई मेस्सी र रोनाल्डोको विश्वकपमा अन्तिम उपस्थितिबारे आफ्नो धारणा राख्न सोधिएकोमा मार्किन्हसले दुवैको प्रशंसा गरे ।

‘मेस्सी अर्जेन्टिनी खेलाडी मात्र होइनन् र रोनाल्डो पनि पोर्चुगलका मात्र होइनन् । विश्व फुटबलले नै उनीहरुको खेल हेर्न पाउँदा खुसी व्यक्त गर्नुपर्छ । फुटबल माया गर्ने सबैले यो स्वीकार्नुपर्छ । उनीहरु आफ्नो देशको मात्र खेलाडी भन्दा ठूला छन् । जबसम्म यी दुई मैदानमा छन्, हामी खुसीसाथ हेर्नेछौं,’ उनले भने ।

‘म मेस्सी, नेयमार र अन्य खेलाडीसँग पिएसजीबाट खेल्छु । म क्लबमा रमाएको छु र पाएको अवसरको सदुपयोग गरेको छु । फुटबलमा अर्को युगका खेलाडी पनि आउँछन् र त्यसैले अहिले जे छ त्यसमा रमाउनुपर्छ ।’

ब्राजिलले समूहको दोस्रो खेलमा आज सर्बियाको सामना गर्दैछ । यसअघि पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० ले पराजित गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.