default_image

3 years ago

November 29, 2022

आफ्नै आँखा अगाडि मेस्सीको जादु हेर्दा..

617 views

0 Bookmark

मेरो नाम विजय केसी । कर्मको हिसाबले सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा रहेर देशको सेवा गरिरहेको छु । नेपाली खेलकुदमा नेपाल एपिएफ क्लबमार्फत विभिन्न खेलमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्छु । नेपालबाट अन्तर्राष्ट्रिय भलिबल रेफ्री पनि हुँ । तर आज यो सबभन्दा फरक, म एक लिओनेल मेस्सी र अर्जेन्टिना फ्यानको भूमिकामा आफ्नो भाव व्यक्त गरिरहेको छु ।

सानै उमेरदेखि म फुटबल भनेपछि हुरुक्क हुन्थें । फुटबल जानेदेखि नै अर्जेन्टिनाप्रति बेग्लै लगाव रहयो । सन् १९९४ देखि विश्वकप हेर्न थालेको मैले म्याराडोनाको नाम सुनेको थिएँ । त्यस विश्वकपमा म्याराडोनासँगै ग्याब्रिएल बाटिस्टुटाको खेलले प्रभाव पार्यो । म्याराडोनाले प्रतियोगिता बिचमै छोड्नुपर्दा खिन्न भएको थिएँ र पछि अर्जेन्टिना चाडै बाहिरिंदा दुख लाग्यो । म्याराडोनाले अर्जेन्टिनाबाट नखेलेपनि त्यसपछि बाटिस्टुटामा मन बस्यो ।

म आफ्नो टिनएजमा हुँदा जिल्लाबाट उच्च गोलकर्ता हुँदै क्षेत्रीय खेलकुदसम्म खेलेको थिएँ । अर्जेन्टिनाप्रतिको लगावका कारण मेरो गृह जिल्लामा मलाई बाटिस्टुटाको नामबाट पनि चिन्थे । सबैले अर्जेन्टिना समर्थक भनेर चिन्ने मलाई आफ्नो खेल र आफूले समर्थनगर्ने टोलीप्रतिको लगाव कतै न कतै जोडिहाल्न मन लाग्ने । त्यसैले मैले आफ्नो घरको रंघ आकाशे निलो नै लगाएको छु, अर्जेन्टिनाको जर्सीको रंगजस्तै ।

मेरो मात्र होइन, म बसोबास गर्ने काभ्रे जिल्लाको चौकोट क्षेत्रनै पूरा अर्जेन्टिनाको समर्थकले भरिएको छ । हामी अर्जेन्टिनाकै समर्थक मिलेर दुई पटक नगर च्याम्पियन पनि भएका छौं । हाम्रै क्षेत्रबाट ए डिभिजन खेल्ने खेलाडी पनि उत्पादन भएका छन् ।

मेरो छोरीको नाम पनि मेस्सीकै नाममा आधारित रहेर मेस्सिना राखेको छु । छोराको नाम मेस्सीकै प्रिय मित्र अगुएरोको पछाडी रहेर ‘सर्जियो’ राखेको छु । मेरो भतिजहरुको नाम पनि अर्जेन्टिनाका दुई फरवार्ड बाटिस्टुटा र रिकेल्मेमा आधारित रहेर बाटिस र रिक्युल रहेको छ । बजारमा अर्जेन्टिना र मेस्सी अंकित केहि देखें भने आफ्नो कलेक्सनमा जोड्न मन लागिहाल्छ ।

खेलाडी जीवनमा मात्र होइन, त्यसपछि पनि हरेक विश्वकप, कोपा अमेरिका होस् या मैत्रीपूर्ण खेल नै किन नहोस, अर्जेन्टिनाको खेल सायदै छुटेको छ । बाटिस्टुटापछि लिओनेल मेस्सी आए । मेस्सीको त अर्जेन्टिना मात्र होइन, बार्सिलोनामा पनि खुब खेल पछ्याएँ । मेस्सीको करिअरको सुरुवातदेखि देखेको भएर पनि होला, उनको खेलप्रति निकै मोहित थिएँ । तर उनलाई प्रत्यक्ष हेर्ने भने पाइएको थिएन ।

अर्जेन्टिनाको खेल हेर्ने सानैदेखिको रहर थियो । सन् २०१० मा कतारले विश्वकप आयोजना गर्ने भनेदेखि नै विश्वकप हेर्छु भन्ने थियो । अन्तत: अर्जेन्टिना र लिओनेल मेस्सीलाई प्रत्यक्ष हेर्ने भाग्य कतार विश्वकपमा जुर्यो । शनिबार अर्जेन्टिनाले मेक्सिकोविरुद्ध खेल्दा मैदानमा उपस्थित ८८ हजार ९ सय ६६ जनामा म पनि एक थिएँ । त्यस दिन मेस्सी र अर्जेन्टिना खेल हेर्ने सानोदेखिको सपना पूरा भयो ।

यसैपनि मेस्सी र अर्जेन्टिनाको खेल हेरेको दिन यादगार हुने नै थियो, तर मेस्सीले सानदार प्रदर्शन गर्दै त्यो दिनलाई विशेष बनाइदिए । सधैं टिभीमा हेर्दै आएको त्यस्तो क्षण आफ्नै आँखा अगाडी हुँदा खुसीको सिमा नै थिएन । खेलपछि मेस्सीलाई आफ्नै आँखा अगाडि प्लेयर अफ द म्याच चुनिएको पनि देखें । उनले अन्तर्वाता दिने क्रममा टाढाबाट भएपनि सेल्फी लिने अवसर जुर्यो । टाढाबाट भएपनि मेस्सी र आफू क्यामराको एकै फ्रेममा अटाउँदाको खुसी व्यक्त गर्ने शब्द छैन ।

मेस्सी विश्व फुटबलका सर्वकालीन महान् खेलाडी हुन् भन्नेमा सायदै कसैको असहमति होला । आफ्नो करिअरमा जित्न बाँकी एक मात्र उपाधि, विश्वकप जित्न उनी प्रयासरत छन् । यदि मेस्सीले विश्वकप जित्छन् भने मेक्सिकोविरुद्ध जितको महत्त्व थप बढ्नेछ । अर्जेन्टिनाले विश्वकप जित्दा साक्षी बनेको महसुस हुनेछ । यदि अर्जेन्टिना त्यसमा असफल भएपनि आफ्नो सपना पूरा भएको ठान्नेछु ।

विश्व फुटबलका महान् मेस्सीको उत्कृष्ट मध्यको एक खेलमा आफू प्रत्यक्षदर्शी हुन पाउँदा म आफूलाई निकै भाग्यमानी ठानेको छु । आशा छ अर्जेन्टिनाले विश्वकप उपाधि जितेर, मेक्सिकोविरुद्ध जित र मेस्सीको उक्त प्रदर्शनलाई अझ विशेष बनाउनेछ ।

तपाईंसँग पनि खेलकुदसँग जोडिएका तपाईंका कुनै लेख रचना छ भने हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.