default_image

3 years ago

November 29, 2022

इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

262 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा इक्वेडर खेलमा फर्कंदै नकआउट चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर कप्तान कालिडु कौलीबालीले गोल गर्दै सेनेगललाई अघि बढाए ।

खलिफा रंगशालामा मंगलबार इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरे ।

दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका लागि मोइसेस काइसेडोले बराबरी गोल फर्काए । कर्नरमा हेडर डिफ्लेक्ट हुँदै अनमार्क रहेका काइसेडोको खुट्टामा आएपछि उनले सहजै गोल गरे ।

तर सेनेगलले दुई मिनेटपछि नै पुन: अग्रता लियो । कालिडु कौलीबालीले सेटपिसको रिबाउन्डमा गोल गर्दै सेनेगललाई अघि बढाए । फ्रिकिकमा रिबाउन्ड भएको बललाई उनले पेनाल्टी क्षेत्र भित्रबाट टप कर्नरमा गोल गरेका थिए ।

यस समूहबाट नेदरल्यान्ड्स अपराजित रहँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । अन्तिम खेलमा कतारलाई पराजित गर्दै डच टोलीले ३ खेलमा ७ अंक बनायो । सेनेगलले ३ खेलमा २ जितसहित ६ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । इक्वेडर ४ अंकसहित तेस्रो तथा कतार विना कुनै अंक पुछारमा रहयो ।

यो पनि : नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.