default_image

3 years ago

November 29, 2022

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

321 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो ।

नेदरल्यान्ड्सविरुद्ध कतारले पछिल्ला खेलको तुलनामा सुधारिएको खेल प्रस्तुत गरेपनि गोल गर्न भने असफल रहयो । जवाफमा डच टोलीले कतारी डिफेन्समा कमजोरीको फाइदा उठाउँदै जित दर्ता गर्न सफल रहयो । पहिलो हाफको अन्त्यतिर अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमा अग्रता दोब्बर पार्दै खेलमा अग्रता दोब्बर पारेको थियो ।

अल बेयत रंगशालामा मंगलबार तेस्रो मिनेटमा कतारका कप्तान हसान अलहेदोसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एन्द्रिज नोपर्टले सहजै बचाए । अर्कोतर्फ मेम्फिस डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको भिडबाट छिर्दै कर्नर भएको थियो ।

खेलको २६ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । मिडफिल्डबाट मेम्फिस डिपाएले सुरुवात गरेको आक्रमणलाई कोडी गाक्पोले फिनिस गरे । डिपाए, डेभि क्लासेन र गाक्पोले पास खेल्दै डिफेन्स चिरेपछि गोल सम्भव भएको थियो । गाक्पोले अन्तिम पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै वन भर्सेस वनमा सहज फिनिस गरे । विश्वकपमा उनको यो तेस्रो गोल हो ।

खेलमा पछि परेको अर्को मिनेटमै कतारका मोहमद इस्माइलको प्रहार नोपर्टले दोस्रो प्रयासमा बचाए । इन्ज्युरी समयमा डिपाएले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । फ्रेन्की डे जोङले ४८ औं मिनेटमा कतारी डिफेन्सको गल्तीमा गोल थपेका थिए । डिपाएको पहिलो प्रहारलाई गोलरक्षक मेशाल बार्शामले बचाएपनि पेड्रो मिगुएलले क्लियर गर्न ढिलो गर्दा डे जोङले रिबाउन्डलाई गोललाइन अघिबाट गोलमा परिणत गरे ।

६८ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । भिन्सेन्ट जान्सनको पासमा स्टिभन बर्घिअसले खाली पोस्टमा गोल गरेपनि उक्त मुभ बनाउने क्रममा गाक्पोको ह्यान्ड देखिएपछि गोलले मान्यता पाएन । इन्ज्युरी समयमा स्टिभन बर्घिअसको प्रहार क्रसबारमा लागेर फर्कंदा डच टोलीको अग्रता २-० मै सिमित रह्यो ।

नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्दै अंक तालिकामा शीर्षस्थान हासिल गर्यो । कतार अंकविहिन रहँदै तालिकाको पुछारमा रहयो । समूहको अन्तिम खेलमा सेनेगलले इक्वेडरलाई हराउँदै नकआउट चरणमा प्रवेश गर्यो । सेनेगलले ३ खेलमा २ जितसहित ६ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा सिमित रह्यो ।

यो पनि : इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.