3 years ago
November 30, 2022
सुबास हुमागाईं, कतार
अष्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । तर गोलरक्षक म्याट रायन र डिफेन्डरद्वय काइल रोवल्स र ह्यारी सुटरले डेनिस आक्रमणलाई पोस्टतर्फ जान दिएनन् । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेको अष्ट्रेलियाले दोस्रो हाफमा भने रणनीति परिवर्तन गर्यो ।
मिडफिल्डमा खेलाडी थप्दै विंगमा खेलिरहेका म्याथ्यु लेकीलाई काउन्टर अट्याकमा राख्ने ग्राहम आर्नोल्डको रणनीतिले गोल सम्भव भयो । लेकीले आफ्नो गति र संयमताको प्रयोग गर्दै काउन्टर अट्याकमा अष्ट्रेलियालाई अग्रता दिलाए । त्यसपछि अनुशासित डिफेन्स गर्दै अष्ट्रेलिया जितसम्म पुग्न सफल भयो ।
११ औं मिनेटमा अष्ट्रेलियाका मिलोस डेगेनेकले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै गोलको खतरा टारे । ६ यार्ड बक्स अगाडि माथिअस जेन्सनले प्रहार गर्न लागेको बल उनले स्लाइड ट्याकल गर्दै विफल पारे । लगत्तै अर्को आक्रमणमा गोलरक्षक तथा कप्तान म्याट रायनले उत्कृष्ट बचाउ गर्दै डेनमार्कलाई अघि बढ्न दिएनन् ।

१९ औं मिनेटमा अष्ट्रेलियाले डेनमार्कको अर्को आक्रमण सफल हुन दिएन । जोआकिम माहलेले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दुई डिफेन्डर पार गर्दै गरेको लो क्रस गोलरक्षक रायनको खुट्टामा लाग्दै गोल हुनबाट बचेको थियो ।
पहिलो हाफ गोलरहित रहेपछि अष्ट्रेलियाले दोस्रो हाफमा गोल गर्यो । म्याथ्यु लेकीले ६० औं मिनेटमा एकल प्रयासमा सानदार गोल गर्दै अग्रता दिलाए । आफ्नो हाफबाट राइली मक्ग्रीले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई लेकीले पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए । उनले संयमित रुपमा बल राख्दै दुई डिफेन्डर र गोलरक्षकको चुनौती पार गरेका थिए ।
८८ औं मिनेटमा डेनमार्कका एलेक्जेन्डर बाहको प्रहार पोस्टभन्दा बाहिर जाँदा डेनमार्क बराबरी गोल गर्नबाट चुक्यो ।
समूहको अर्को खेलमा फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भयो । हारका बाबजुद फ्रान्स समूहको शीर्षस्थानमा रहयो । फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अगाडि रहयो । ट्युनिसिया ३ खेलमा ४ अंकसहित तेस्रो तथा डेनमार्क १ अंक जोड्दै पुछारमा रहयो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]