3 years ago
November 30, 2022
कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो ।

नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । ट्युनिसियाले यसको फाइदा उठाउँदै पहिलो हाफमा फ्रान्सलाई जम्न दिएन । ट्युनिसियालाई सुरुवातमै भीएआरले गोललाई मान्यता नदिएपछि टोली थप आक्रामक बनेको थियो । फ्रान्सले भने कमजोर प्रदर्शन गर्यो ।
दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै अग्रता दिलाए । त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन । फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।
खेलको नवौं मिनेटमा नै ट्युनिसियाले अग्रता लिएपनि उक्त गोल कायम रहेन । फ्रिकिकमा घान्द्रीले हेडरमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त सेट पिसमा अफसाइड भएको देखाएको थियो । २५ औं मिनेटमा फ्रान्सले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । युसुफ फोफानाको पासमा किंग्सले कोमानले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो । मिडफिल्डमा बल खोसेको ट्युनिसियाका लागि कप्तान वाह्बी खाज्रीले बललाई एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । उनको फितलो प्रहार दोस्रो रोजाइका गोलरक्षक स्टिभ मान्डान्डाले जोगाउन सकेनन् ।
दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो । इन्ज्युरी समयमा ग्रिजमनले गोल गरेपनि भीएआरले त्यसलाई गोलको मान्यता दिएन ।
जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया ३ खेलमा ४ अंक जोडेपनि समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंकसहित पुछारमा रहयो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]