3 years ago
December 1, 2022
सुबास हुमागाईं, कतार
उरुग्वेका फरवार्ड लुइस सुआरेजले सन् २०१० विश्वकपमा ह्यान्डबल गर्दै रातो कार्ड खाएको घटनामा घानासँग माफी माग्नुपर्ने नलागेको बताएका छन् ।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वे र घाना खेल्दैछन् । खेलको अघिल्लो दिन बोल्दै सुआरेजले १२ वर्षअघिको घटना तथा जारी विश्वकपमा व्यक्तिगत र टिम प्रदर्शनबारे आफ्नो धारणा राखे । उनले आफू पहिलाजस्तो खेल्न सक्ने नभएपनि खेलमा आफ्नो भूमिका परिवर्तन भएको बताए ।
‘मलाई थाहा छ म पहिलाजस्तो छैन । गतिमा उमेरसँगै कमी आएको छ । तपाईं जुन पोजिसन खेलेपनि आफ्नो क्षमता प्रभावकारी बनाउन खेल्नुपर्छ,’ उनले भने, ‘ पहिला मैले गरेजस्तो कुद्ने र बलमा भिड्ने जिम्मेवारी अन्य खेलाडीले लिएका छन् । म बल आफूसँग राखेर खेल्छु ।’
‘हामी विपक्षीको अवस्था हेरेर पनि खेल्ने गरेका छौं । यसपटक विश्वकपमा शारिरिक रुपमा निकै कठिन छ । खेलमा प्रतिस्पर्धाको स्तर पनि बढेको छ । मैले त्यसैअनुसार आफूलाई तयार गरेको छु ।’
सुआरेजले विश्वकप सम्मको यात्रा व्यक्तिगत रुपमा आफू र टोलीका लागि सहज नभएको पनि स्वीकारे । ‘यो मेरो अन्तिम विश्वकप हो । मैले यहाँसम्म आउन धेरै अवरोह पार गरेको छु । व्यक्तिगत रुपमा मात्र होइन टिमले पनि निकै मिहिनेत गरेको छ । तर हामी उरुग्वेको पहिचान पनि यहि हो । हामी कडा मिहिनेत गरेर सफल हुन्छौं । छनोटमा पनि हामीलाई सहज थिएन । तर हामी एक भएर यहाँ आइपुगेका छौं ।’

सुआरेज र घानाबीच १२ वर्षअघि सन् २०१० विश्वकपको क्वाटरफाइनलमा भएको घटना जोडिन्छ । त्यसबेला सुआरेजले गोल हुन लागेको बल हातले रोकेपछि गरेपछि घानाले अन्तिम समयमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी गोलमा परिणत गरेको भए घाना सेमिफाइनल पुग्थ्यो । तर आसमोह जियानले उक्त पेनाल्टी चुकाए । त्यसपछि भएको टाइब्रेकरमा उरुग्वे विजयी रहेको थियो । उक्त घटनाले सुआरेज आजसम्म पनि घानामा घृणित छन् ।
तर सुआरेजले उक्त घटनाका लागि आफूले माफी माग्नुपर्छ जस्तो नलागेको बताए । ‘मैले माफी माग्ने सोचेको छैन, र माग्नुपर्छ जस्तो पनि लाग्दैन । मैले बल रोकेर घाना बाहिर भएको होइन, घानाका खेलाडी आफैंले पेनाल्टी चुकाएका हुन् । मैले खेलाडी घाइते बनाएर, रातो कार्ड खाएर अनि गोल रोकेको भए माफी माग्ने हो ।’
‘मैले रोकपछि घानाकै खेलाडीले पेनाल्टी चुकाउनु मेरो गल्ती होइन । घानाका खेलाडी आफैंले पनि उनी मेरो स्थानमा रहेको भए त्यहि गर्थें भनेका छन् । त्यसैले मैले माफी माग्नुपर्ने गल्ती गरेजस्तो लाग्दैन ।’
सुआरेजले फुटबलमा सधैं पुराना घटना जोडेर बदलाको भाव लिन नहुने पनि बताए । ‘पुरानो घटना जोडेर बदला भाव लिनेबारे सोच्नु हुँदैन । गल्ती भएपछि त्यसलाई ठिक बनाएर अघि हेर्न जरुरी छ । जस्तै मैले किएलीनिसँग एउटा घटनामा गल्ती गरें । तर मैले माफी मागें र हामी त्यसपछि पनि एक अर्काको विरुद्धमा उत्रियौं । खेलमा बदला सोचेर खेल्नु हुँदैन,’ उनले भने ।
उरुग्वे र घानाबीच खेल शुक्रबार अल जनौब रंगशालामा हुनेछ । नेपाली समय अनुसार रातको ८:४५ बजे खेल हुनेछ । घानाले जित हासिल गरे उरुग्वेलाई बाहिर पठाउँदै आफू नकआउट चरणमा पुग्नेछ । उरुग्वेले भने जित हासिल गरे अर्को खेलको पनि नतिजा कुर्नुपर्ने हुन्छ ।
यो पनि पढ्नुहोस् : जब सुआरेज घानासँगै अफ्रिकाकै दुश्मन बने..
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]