3 years ago
December 1, 2022
सुबास हुमागाईं, कतार
रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र भाइ थोर्गन हाजार्ड फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रोएसियाविरुद्ध बेन्चमा रहने भएका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले हाजार्ड दाजुभाईलाई बेन्चमा राख्दा केभिन डे ब्रुएनले टोलीको कप्तानी गर्ने भएका छन् ।

नकआउट चरणमा पुग्न जित्नुपर्ने समीकरण रहेको अवस्थामा बेल्जियमले टोलीमा परिवर्तन गरेको छ । पछिल्लो खेलबाट दाजु इडेन र भाइ थोर्गन हाजार्डसँगै प्रशिक्षक मार्टिनेजले फरवार्ड मिसी बासुआइलाई पनि बेन्चमा राखेका छन् । मिडफिल्डर अमाडु ओनाना दोस्रो पहेंलो कार्डका कारण खेलमा उपलब्ध छैनन् ।
बेल्जियमको गोलरक्षकमा थिबाउट कोर्टुवा नियमित छन् । डिफेन्समा जान भर्टोन्घन, टोबी एल्डरवेरल्ड र लिअयान्दर डेन्डोन्कर रहेका छन् । मिडफिल्डमा एक्सेल विटसल, टिमोथी कास्टाग्ने, थोमस मुनिएर र केभिन डे ब्रुएन छन् । आक्रमणको जिम्मेवारी यानिक करास्को, लिआन्द्रो ट्रोसार्ड र ड्रीज मर्टेन्स खेल्नेछन् ।
यता क्रोएसियाले कप्तान मोड्रीचको कप्तानीमा बलियो टोली उतारेको छ । गोलरक्षकमा डोमिनिक लिभाकोभिच नियमित छन् । डिफेन्समा डेजान लोभ्रेन, बोरना सोसा, जोसको भार्डीओल र जोसिप जुरानोभिच छन् । मिडफिल्डमा कप्तान मोड्रीचसँगै मार्सेलो ब्रोजोभिच र माटियो कोभाचिच खेल्नेछन् । आक्रमणको जिम्मेवारी आन्द्रे क्रामारीच, मार्को लिभाजा र इभन पेरिसिच छन् ।
यो पनि : प्रशिक्षक र खेलाडीको दावी – ‘बेल्जियम टोलीमा समस्या छैन’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]