3 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को अन्तिम खेलमा जर्मनीले कोस्टारिकालाई पराजित गरेको छ । निकै रोमान्चक खेलमा एक समय पछि परेको जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो । तर जितका बाबजुद जर्मनी समूह चरणबाट बाहिरियो ।

जर्मनीले पहिलो हाफमा खेल पूर्णत आफ्नो पकडमा राख्दै अग्रता लिएको थियो । दोस्रो हाफमा भने कोस्टारिकाले काउन्टर अट्याकमा प्राप्त अवसर लगातार सदुपयोग गर्दै अग्रता नै लियो । त्यसपछि आक्रामक परिवर्तन गर्दै दबाब थपेको जर्मनीले दुई गोल फर्काउन सफल रहयो । तर समूहको अर्को खेलमा अनुकुल नतिजा नआउँदा जर्मनीको जित नकआउट चरण पुग्न पर्याप्त रहेन ।
स्पेन जापानसँग २-१ ले पराजित भएपछि जर्मनी बाहिरिएको हो । यस नतिजासँगै जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
सातौं मिनेटमा जर्मनीका जमाल मुसियालाले पेनाल्टी क्षेत्रभित्र ५ डिफेन्डरलाई बिट गरेपनि प्रहार गर्ने अवसर पाएनन् । उनले दिएको अन्तिम पासमा थोमस मुलर र लिओन गोरेट्जका बलियो प्रहार गर्न चुके ।
दशौं मिनेटमा जर्मनीले सर्ज नाब्रीको गोलमा अग्रता लियो । डेविड रमको क्रसमा नाब्रीले गरेको हेडर गोलमा परिणत भएको थियो । १४ औं मिनेटमा गोरेट्जका को हेडरलाई कोस्टारिकाका कप्तान तथा गोलरक्षक केलर नाभासले विफल पारे ।

४० औं मिनेटमा लेरोय सानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा नाभास बिट भएपनि बल पोस्टभन्दा थोरै परबाट गयो । ४२ औं मिनेटमा कोस्टारिकाले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । जर्मन डिफेन्डरद्वय डेविड रम र एन्टोनियो रुडीगरले लगातार गल्ती गरेपछि केशर फुलरले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । उनको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले पन्च गरिदिए ।
कोस्टारिकाले ५८ औं मिनेटमा येल्त्सिन तेजेदामार्फत बराबरी गोल फर्कायो । केशर फुल्लरको क्रसमा केन्डल वाटसनको हेडर म्यानुएल नोएरले रोके । तर उक्त रिबाउन्डमा तेजेदाले दुई डिफेन्डरको बिचमा जुधेर शक्तिशाली प्रहारमार्फत बललाई पोस्टभित्र पसाए ।
मुसियालाको प्रहार पोस्टमा लागेर फर्कंदा जर्मनीले पुन: अग्रता लिन सकेन । उक्त रिबाउन्डमा मुसियाला आफैं दोस्रो प्रहार गर्नबाट चुके । ६७ औं मिनेटमा मुसियालाको अर्को प्रहारमा पोस्ट बाधक बन्यो । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा गोलरक्षक नाभास बिट भएपनि बल क्रसबारमा लागेर फर्कियो ।
७० औं मिनेटमा अप्रत्याशित अग्रता लियो । गोलरक्षक नोएरले अघि बढेर बल जोगाउन नसक्दा हुलमुलमा गोल सम्भव भएको थियो । जोहान भार्गासको अन्तिम प्रहार नोएरलाई लागेर फेरी उनैलाई लाग्दै गोल भएको थियो ।
७३ औं मिनेटमा काइ हाभर्ट्जले जर्मनीलाई पुन: बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र डिफेन्स लाइन बिट गरेका उनले वन भर्सेस वनमा नाभासलाई बिट गर्दै गोल गरे । लगत्तै काउन्टर अट्याकमा जर्मनीले अग्रता लिने अवसर पाएको थियो । तर नाभासले फुलक्रुगको अन्तिम प्रहारमा बचाउ गर्दै जर्मनीलाई अघि बढ्न दिएनन् ।
८५ औं मिनेटमा जर्मनीले अग्रता लियो । हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अघि बढाए । उनले नाब्रीको क्रसमा फार पोस्टमा सहज फिनिस गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकलस फुलक्रुगले गोल थपे । उनले लेरोय सानेको पासलाई सहजै गोलमा परिणत गरेका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]