default_image

3 years ago

December 4, 2022

लेवान्डोस्कीविरुद्ध सचेत फ्रान्स

337 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दैछ । खेलको अघिल्लो दिन फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले फरवार्ड रोबर्ट लेवान्डोस्कीबारे आफ्नो टोली सचेत रहेको बताए ।

प्रशिक्षक डेस्च्याम्प्सले पोल्यान्डविरुद्ध खेल सहज रुपमा लिन नसकिने बताए । ‘विश्वकपमा आएपछि सहज भन्ने हुँदैन । खेल जित्न नसकेपनि अन्त्यसम्म हरेक टोलीले मिहिनेत गर्छ । हामीले हिजो पनि देख्यौं र ट्युनिसियाले पनि त्यसै गर्यो । दर्शक दिर्घामा धेरै‌ समर्थक हुँदा पनि टोलीलाई सहज हुन्छ,’ उनले भने ।

विगतजस्तो यसपटक सहज टोली नभएको प्रशिक्षक डेस्च्याम्प्सले बताए । ‘हामीले सन् २०१४ मा कमजोर टोली देखेका थियौं तर यसपटक त्यस्तो छैन । हरेक टोली राम्रा छन् । अर्जेन्टिनाले पहिलो खेलमै त्यसको सामना गर्नुपर्यो । हो अर्को चरणमा पनि झनै प्रतिस्पर्धा हुनेछ,’ उनले थपे ‌।

फ्रान्सका प्रशिक्षकले एमबाप्पे र लेवान्डोस्की फरक खेलाडी रहेको र एक अर्कासँग दाँज्ने काम आफूले नगर्ने बताए । ‘म यति भन्न सक्छु दुवै सुरुवाती रोजाइमा खेल्नेछन् । तर दुवैसँग फरक क्षमता र जिम्मेवारी रहनेछ । दुवै आ-आफ्नो क्षेत्रमा प्रमाणित भइसकेका खेलाडी हुन्,’ उनले भने ।

डेस्च्याम्प्सले युरोमा बेहोरेको हारबारे अब बिर्सनुपर्ने र अहिलेको टोली फरक रहेको पनि बताए ।

अन्य टोलीझैं आफू पनि लेवान्डोस्कीको लागि तयार रहेको उनले बताए । ‘हामी लेवान्डोस्कीको सामना गर्न तयार छौं । उनी विश्वका उत्कृष्ट फरवार्ड मध्यमा पर्छन् । अन्य टोलीले उनीविरुद्ध विशेष रणनीति बनाएका देखेका छौं । उनको स्तर र क्षमताले नै उनी विरुद्ध सचेत भएर खेल्नुपर्छ । हामी त्यसका लागि तयार छौं, ‘उनले भने ।

फ्रान्स र पोल्यान्डबीच खेल आइतबार नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ । यस खेलको विजेताले इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ ।

यो पनि : ‘पेनाल्टीका लागि तयार हुनुपर्छ’ – फ्रान्स कप्तान लोरिस

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.