3 years ago
December 3, 2022
प्रकाश तिमल्सिना, काठमाडौं
विश्वकप फुटबल, अर्जेन्टिना र डेढ दशकभन्दा लामो समयदेखि टोलीका मुख्य केन्द्रविन्दु लियोनल मेस्सीको चर्चा स्वभाविक छ । अर्जेन्टिनाको फुटबल टोलीलाई समर्थन नगर्नेले पनि मेस्सीको प्रदर्शनको प्रशंसा गर्छन् नै ।

आधिकारिक सर्वेक्षण नभएपनि नेपालमा विश्व कपमा अर्जेन्टिनलाई समर्थन संख्या तुलानात्मक रुपमा बढी छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेपछि नेपालमा अर्जेन्टिनालाई पछ्याउने गरिएको विश्वास गरिन्छ । त्यो समयको आसपास नेपालमा टेलिभिजनको सुरुवात र डिएगो म्यारोडोनाको अर्जेन्टिनाले विश्वकप जितेपछि धेरै नेपाल अर्जेन्टिनाको समर्थक बनेका हुन् ।
अर्जेन्टिनाले विश्वकप जित्दाको पुस्तालाई पछ्याउँदै अर्जेन्टिनाको समर्थन गर्नेहरुको संख्या अहिले पनि ठूलो छ । त्यसमा फुटबल खेलाडी डोना थापा पर्छन् । फुटबलका कारण मात्र होइन सामाजिक सञ्जालमा क्रियासिल भएका कारण पनि डोना परिचित खेलाडी हुन् । यद्दपी उनले राष्ट्रिय फुटबल टोलीबाट खेल्ने अवसर भने अझै पाइसकेका छैनन् । उनी कुनै दिन देशका लागि खेल्नेमा आशावादी भने छन् ।
हाल भाइ एलन भारतीय सेनामा रहेकाले विश्वकप हेर्दा घरमा ६ जनामध्ये ५ जना अर्जेन्टिना र मेस्सीका समर्थक हुन्छन् । डोनाकी हजुर आमा भने क्रिस्टियानो रोनाल्डोको समर्थक हुन् । विश्वकपको समयमा हजुरआमा एक्लै रोनाल्डोको समर्थनमा रहने गरेको डोना सुनाउँछन् । ‘ड्याड, ममी, बुहारी र हामी ३ भाई नै अर्जेन्टिनाका समर्थक’, हाँस्दै उनले भने, ‘हजुर आमालाई भने रोनाल्डो र पोर्चुगल मन पर्ने । रोनाल्डो ह्यान्डसम छ, राम्रो खेल्छ, फ्रिकिक पनि राम्रो हान्छ भन्नुहुन्छ । हामी सबै सँगै बसेर खेल हेर्ने गरेका छौं ।

फुटबल बुझेबाटै अर्जेन्टिनाको समर्थक रहेका डोना परिवारिक कारणबाटै समर्थक बनेको विश्वास गर्छन् । ‘ड्याडीहरुको समयमा अर्जेन्टिना र म्यारोडोनाको निकै चर्चा थियो अरे । त्यति बेलाको नम्बर १ खेलाडी’, उनले सुनाए , ‘त्यसैले होला अर्जेन्टिनाको समर्थनमा हामी दोस्रो पुस्ता त्यहि लाइनमा उभियौं ।’
डोनाको नामसँग अर्को रमाइलो संयोग पनि जोडिएको छ । डोनाको सुरुको नामा योहन्ना थियो । पछि उनको नाम डोना राखिएको उनी सम्झन्छन् । ‘ड्याडीलाई म फुटबल खेलाडी बनोस् भन्ने थियो अरे । चर्चित खेलाडी र आफूले मन पराउने खेलाडी म्याराडोनाबाटै प्रेरित भएर मेरो नाम म्यारोडोना राखिएको रहेछ’, उनले स्मरण गरे, ‘हाम्रोमा बोलिचालीमा म्याराडोना नाम अलि अप्ठेरो सुनिने भएपछि म्याराडोनाबाट मेरो नाम डोना राखिएको रहेछ । अहिले सम्झदा खुसी लाग्छ ।’

व्यक्तिगत रुपमा ब्राजिलियन महान खेलाडी रोनाल्डिन्होको खेलबाट प्रभावित रहेर उनकै खेललाई पछ्याउने कोशिस गरेका डोना अरुको प्रतिक्रिया पनि त्यस्तै आउने बताउँछन् । ‘म ब्राजिलियन खेलाडीकै शैलीमा खेल्छ भन्ने प्रतिक्रिया पाउँछु’, उनले थपे, ‘मलाई त्यो सुन्दा खुसी लाग्छ । म फ्रि स्टाइल खेल्न मन पराउँछु ।’
डोनालाई विश्व फुटबलमा मेस्सी अब्बल लाग्छ । उनलाई गड गिफ्टेड खेलाडी मान्छन् । ‘त्यस्तो स्किलफुल खेलाडी इतिहासमै कमै मात्र हुन्छन्’, डोना भन्छन्, ‘उनी आफ्नो लागि खेल्दैनन् टोलीका लागि खेल्छन् । टोलीको आवश्यकता अनुसार आफूलाई त्यहि भूमिकामा ढाल्न सक्छन् ।’
मेस्सीको अर्जेन्टिनाले उपाधिमा दाबेदारी प्रस्तुत गरेको डोना मान्छन् । यद्दपी साउदी अरेबियासँगको २–१ को प्रदर्शनले भने अरुलाई जस्तै उनलाई निराश बनाएको थियो । ‘त्यो खेल त सम्झन पनि मन लाग्दैन’, डोना भन्छन् ।

तर, त्यसपछिका खेल र विशेष गरि पोल्यान्डसँगको प्रदर्शन पछि भने अर्जेन्टिना बलियो दाबेदार भएको उनी मान्छन् । उनी थप्छन्, ‘आज अर्जेन्टिनालाई हराउने छ । अर्जेन्टिनाले उपाधि जित्ने बलियो सम्भावना देखिन्छ ।’
मेस्सीका बारेमा चर्चा गरेर डोना थाक्दैनन् । मिडफिल्डर डोना भन्छन्, ‘फुटबल खेल्द एकदमै सजिलो छ भन्ने देखाउने मेस्सी नै हुन् । फुटबल खेल्दा धेरैले दबाब र गाह्रो गरेर खेलेको देखिन्छ । तर मेस्सीमा त्यस्तो दबाब केहि देखिन्न । जस्तो परिस्थितिमा पनि उनी सहज फुटबल खेल्छन् । बललाई एकदमै खुट्टाको नजिक राखेर खेल्ने भएकाले उनको बल खोस्न गाह्रो छ । टोलीको आवश्यकता अनुसार फरवार्ड, मिडफिल्ड होस् वा विङ्स जताबाट पनि खेल्न सक्छन् । एकदमै क्रिएटिभ खेलाडी हुन् । समकालिन खेलाडीमा उनको जस्तो स्किल छैन भन्दा पनि हुन्छ ।’

डोनाको राष्ट्रिय टोलीबाट खेल्ने उनको सपना छ । हरेक फुटबल खेलाडीलाई राष्ट्रिय झण्डा छातीमा टासेर खेल्ने सपना हुन्छ । मेरो पनि छ । आशा छ भविष्यमा खेल्नेछु । गत वर्ष उनी त्यसको नजिक पुगेपनि सफल भने हुन सकेनन् ।
नेपाल सुपर लिगको प्रदर्शनबाट प्रभावित भएर उनलाई तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले प्रशिक्षणमा डाकेका थिए । ‘अरुभन्दा फरक खेलाडी भनेर सबैको अगाडि भन्नु हुन्थ्यो । खुसी लाग्थ्यो’, उनले भने, ‘तर, पछि उहाँले सामाजिक सञ्जाल र फुटबल मध्ये एक छानेको अवस्थामा मात्र आफ्नो टोलीमा पर्ने शर्त राख्नु भयो। मैले म टोलीमा रहँदा सम्म सामाजिक सञ्जालमा नस्क्रिय रहन्छु भने । तर उहाँले आफ्नै अगाडि सबै एकाउन्ट डिलिट गर्नुपर्ने शर्त राखेपनि त्यो भने गर्न नसक्ने बताए । त्यसपछि म परिनँ।’
‘ठिकै छ अझै समय छ भविष्यमा टोलीमा पर्नका लागि कोशिस जारी राख्नेछु । आज जहाँ छु फुटबलकै कारण छु । खुसी र सन्तुष्ट छु ।’
थ्री स्टार क्लबसँग आबद्ध रहेका डोनाले दुई वर्षअघि चोटबाट पुनरागमन गर्दा श्री भगवती क्लब टोखाबाट खेलेका थिए । त्यसबेला माइला भाइ एलन र कान्छा एरोनले एकै टोलीबाट सँगै खेलेका थिए । एरोनले फ्रेन्ड्स क्लबबाट ए डिभिजन खेलिसकेका छन् भने एलन भारतीय सेनाको शीर्ष टिममा आबद्ध छन् ।
विस्तृत : एउटै क्लबबाट फुटबल खेल्दै तीन दाजुभाई
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]